२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बैंकहरूबाट नि:शुल्क आस्वा सेवा

काठमाडौं — तीनवटा बैंकले नि:शुल्क आस्वा (बैंक खातामा पैसा रोक्का राखेर सेयर आवेदन दिने प्रणाली) सेवा प्रदान गर्ने भएका छन् ।

यो सेवा प्रदान गर्ने निर्णय गरेका बैंकहरूमा कुमारी, सानिमा र सिद्धार्थ बैंक लिमिटेट रहेका छन् । नि:शुल्क सेवाबाट आस्वा प्रणालीमार्फत सेयरमा लगानी गर्न ग्राहकहरू थप अभिप्रेरित हुने बैंकहरूले जनाएका छन् । यी बैंकहरूले यो सुविधा आफ्ना सबै शाखाबाट उपलब्ध गराउने बैंकद्वारा जारी छुट्टाछुट्टै विज्ञप्तिमा उल्लेख छ । 
ग्राहकले यो नि:शुल्क सेवा कुमारीको ३६, सानिमाको ४५ र सिद्धार्थको ७२ शाखाहरूबाट उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७४ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?