कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

‘ओबर’ नेपालका लागि कोसेढुंगा : सभामुख

काठमाडौं — केही दिनअघि चीनसँग हस्ताक्षर भएको ‘वान बेल्ट वान रोड’ (ओबीओआर) कार्यक्रम नेपालका लागि कोसेढुंगा हुने सभामुख ओनसरी घर्तीमगरले बताएकी छन् ।

‘रोडका माध्यमबाट लगभग विश्वलाई जोड्ने यो महत्त्वाकांक्षी कार्यक्रम नेपालजस्तो विकासको गतिमा बामे सर्दै गरेको र विकसित देशहरूका लागि समेत कोसेढुंगा सावित हुनेछ भन्ने मलाई विश्वास लागिरहेको छ,’ राजधानीमा आयोजित क्वान्टन कडेस ग्लोबल महिला उद्यमशीलता सशक्तीकरण अभियान उद्घाटन कार्यक्रममा उनले भनिन्, ‘महिला सशक्तीकरणका लागि थालनी गरिएको यो कार्यक्रमबाट सबै तह र थप्काका नेपाली महिलाहरू बढी लाभान्वित हुनेछन् भन्ने मेरो अपेक्षा छ ।’ त्यसका लागि वान वेल्ट वान रोड को बृहत् कार्यक्रमअन्तर्गत अन्य कार्यक्रमहरू प्नि क्रमिक रूपले तय हुनुपर्ने उनको धारणा छ । ‘सामाजिक, सांस्कृतिक आदानप्रदान यो कार्यक्रमको एउटा पक्ष हो भने भौगोलिक सम्बन्ध र आर्थिक साझेदारीसहित प्रगति अर्को महत्त्वपूर्ण पक्ष हो,’ उनले भनिन् । महिलाहरूको आर्थिक स्वतन्त्रता, उद्यमशीलता, व्यावसायिकता र उत्पादनशीलतामा केन्द्रित कार्यक्रमहरू नेपालको सन्दर्भमा निकै महत्त्वपूर्ण हुने उनले बताइन् । ‘ओबीओआर नेपालको यो प्रयासबाट बढीभन्दा बढी महिलाहरू लाभान्वित बन्न सकून् भन्ने कामनासमेत गर्दछु,’ उनले भनिन् । 
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले ओबीओआर महिला सशक्तीकरणका लागि महत्त्वपूर्ण हुने बताएकी छन् । त्यसका लागि नेपालमा वातावरण बन्दै गएको उनको दाबी छ । ‘संविधानसभाबाट नयाँ संविधान बनेसँगै नेपाल राजनीतिक स्थिरतातर्फ अघि बढिरहेको कुरा यहाँहरूले पनि अनुभव गर्नुभएकै होला,’ चिनियाँ उद्यमीमाझ सभामुख घर्तीमगरले भनिन्, ‘संविधानको महत्त्वपूर्ण कार्यभारअन्तर्गत अहिले हाम्रो देश स्थानीय तहको निर्वाचनमा होमिएको छ । 
निर्वाचनबाट चुनिने जनप्रतिनिधिले सुशासनसहित हाम्रो आर्थिक विकासमा थप गति दिनेछन् भन्ने मलाई विश्वास छ ।’
कार्यक्रम ओबीओआर नेपाल अन्तर्राष्ट्रिय लगानी मञ्च आयोजना गरेको हो । ‘ओबीओआरभित्र महत्त्वपूर्ण धेरै विषयगत कार्यक्रमहरू रहेका छन्,’ मञ्चका अध्यक्ष भास्करराज राजकर्णिकारले भने, ‘यसमध्ये महिला उद्यमशीलता र सशक्तीकरण एउटा महत्त्वपूर्ण कार्यक्रम हो । त्यसको थालनी नेपालले सुरु गरेको हो । बिस्तारै अन्य कार्यक्रमहरूसमेत सुरु गरिनेछन् ।’ 

प्रकाशित : जेष्ठ ४, २०७४ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?