कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निगमको बोइङ दोहामा ग्राउन्डेड

काठमाडौं — नेपाल वायु सेवा निगमको गण्डकी नामक बोइङ जहाज दोहामा ग्राउन्डेड भएको छ । दोहाबाट बुधबार यात्रु बाकेर काठमाडौं आउने क्रममा एक्कासि प्राविधिक समस्या देखिएपछि उक्त विमान दोहामा ग्राउन्डेड हुन पुगेको निगम जनाएको छ ।

निगमको बोइङ दोहामा ग्राउन्डेड

एक अधिकारीका अनुसार दोहाबाट उडेको ३० मिनेटपछि उक्त विमान उतै फर्किएको थियो । ‘इक्यभमेन्ट ओभरहिट भएपछि जहाज पुन: उतै फर्किएको थियो,’ स्रोतले भन्यो, ‘यस्तो समस्यामा ९० मिनेटभित्र जहाजलाई अवतरण गराइसक्नुपर्छ ।’ कुनै उपकरणमा देखापरेको तापक्रमको समस्याले आकस्मिक अवतरण गर्दा उक्त विमानमा अर्को समस्या पनि देखिएको छ ।

स्रोतका अनुसार अवतरणका बेला इन्धनको अत्यधिक भारका कारण ल्याडिङ गियर (पांग्रा) मा रहेको ट्रकटिल्ट एक्च्युयटर पनि फुटेको (ड्यामेज) छ । ‘आकाशमा एउटा समस्या देखिएर जहाज फर्किएको थियो पछि अवतरणका बेला त्यो समस्या हरायो अर्कै समस्या देखियो,’ स्रोतले भन्यो ।

यो विमान बनाउन निगमले बोइङका इन्जिनियरहरूसँग कुराकानी गरिसकेको छ । तर, ८/१० दिन लाग्न सक्ने इन्जिनियरहरूले निगम व्यवस्थापनलाई जानकारी गराएका छन् । मंगलबार काठमाडौंबाट दोहा उडेको उक्त विमानलाई क्याप्टेन सुधीरशमशेर राईले ल्याउँदै थिए । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार सातामा चार दिन दोहा उडान भर्दै आएको निगमको एउटा मात्रै बोइङ दोहामा ग्राउन्डेड हुँदा यस विमानले गर्दै आएका अन्य सेक्टर मलेसियाको क्वालालमपुर र भारतको नयाँदिल्लीका उडान पनि प्रभावित हुने भएका छन् ।

हाल निगमसँग एउटा मात्रै बोइङ उडानमा छ । योसँगैको अर्को २८ वर्ष पुरानो बोइङ (कर्णाली) काठमाडौंमा ग्राउन्डेड छ । यसलाई निगमले नियमित उडानबाट निकालेर लिलाम गर्ने निणर्य गरिसकेको छ ।

एयरबसबाट खरिद गरेका दुइटा विमानले दिल्ली, मुम्बई, बैंलोर, दुबई, बैंकक उडान भर्दै आएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?