२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

अस्ट्रेलियाद्वारा साढे दुई अर्ब रुपैयाँ सहयोग

नारायण खड्का

अष्ट्रेलिया — अस्ट्रेलियाले नेपाललाई आर्थिक वर्ष ०१७/१८ का लागि करिब साढे २ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । अस्ट्रेलियाले प्रत्येक वर्ष दिँदै आएको वैदेशिक सहायता कार्यक्रमअन्तर्गत उक्त रकम उपलब्ध गराउन लागेको हो ।

अस्ट्रेलियाका ट्रेजरर स्कट मरिसले केही दिनअघि सार्वजनिक गरेको ०१७/१८ को बजेटमा उक्त सहयोग घोषणा गरेका हुन् । विभिन्न शीर्षकमा उपलब्ध गराइने उक्त सहयोग रकमले गरिबी निवारण, शिक्षा, स्वास्थ्यलगायतमा सहयोग पुग्ने विश्वास अस्ट्ेरलियाली सरकारले व्यक्त गरेको छ । 

यो रकममध्ये आधाजति नेपाल सरकारको बास्केट फन्डमा र बाँकी विभिन्न कार्यक्रमहरूमार्फत सहयोग गर्ने बताइएको छ । यसअलावा अन्य छुट्टै क्षेत्रीय सहयोग पनि अस्ट्रेलियाको जारी छ । बजेटमा उल्लेख गरिएअनुसार यो सहयोगबाट शिक्षामा ८५ करोड ७६ लाख ३५ हजार २ सय ८४ रुपैयाँ, व्यापार र पूर्वाधार विकासमा ५९ करोड ४९ लाख ३६ हजार १ सय ८८, प्रभावकारी प्रशासनमा ४० करोड ९५ लाख, स्वास्थ्यमा २३ करोड १७ लाख ९३ हजार, कृषिमा २३ करोड १७ लाख ९३ हजार, सबल अर्थतन्त्रका लागि ९ करोड २७ लाख १७ हजार र साधारण विकास सहायताअन्तर्गत ४ करोड ६३ लाख ५८ हजार रुपैयाँ खर्च गरिने जनाएको छ । नेपालले विकासको लक्ष्यमा प्रगति गर्दै गएको भए पनि अस्ट्रेलियाले नेपाललाई गरिब र न्यून विकास भएको देशमा राखेको छ । 

गत वर्ष पनि अस्ट्रेलियाले नेपाललाई २ अर्ब ४४ करोड १५ लाख ५६ हजार रुपैयाँ सहयोग गरेको थियो । तर, महाभूकम्प गएपछि भूकम्पपछिको तत्काल राहत र पुनर्नुिर्माणको लागि सहयोगलाई वृद्धि गरेर २ अर्ब ७० करोड ४२ लाख ५५ हजार रुपैयाँ पुर्‍याइएको थियो । अहिले अस्ट्रेलियाले भूकम्पको पुनर्नुिर्माण कटाएर अन्य रकम पहिलेकै हाराहारीमा नेपाललाई उपलब्ध गराउन लागेको हो । क्यानबेरास्थित नेपाली दूतावासका कार्यबाहक राजदूत राजेन्द्र पाण्डेले अस्ट्रेलियाको सहयोग सूचीमा नेपाल प्राथमिकतामा पर्दै आएको बताए । उनले यस वर्ष अस्ट्रेलिया सरकारले वैदेशिक सहायतामा निकै कटौती गरेको भए पनि नेपाललाई दिँदै आएको सहयोग भने कटौती नगरिएको बताए । अस्ट्रेलियाले सहयोग कार्यक्रमअन्तर्गत आफ्नो विशेषज्ञ र अनुभवले नेपालको गरिबीमा रहेका, विशेषगर महिला, युवतीहरू र पिछडिएका समुदाय र अशक्तहरूलाई सहयोग पुर्‍याउन केन्द्रित हुने जनाएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?