नेप्से परिसूचक स्थिर रह्यो

काठमाडौं — सातामा कारोबारको अन्तिम दिन (बिहीबार) सेयर बजार मापक नेप्से परिसूचक लगभग स्थिरजस्तै बनेको छ । उक्त दिन कारोबार सुरु भएको करिब १ घण्टासम्म सामान्य अवस्थामा चलेको बजार त्यसपछि ओरालो लाग्न थालेको थियो । यो घटाइले करिब एक घण्टामा नेप्सेलाई १० अकं तल झार्‍यो ।

त्यसपछि केही सम्हालिँदै उकालो लागेको बजार अन्तत: ०.३९ अंकले मात्र घटेर १ हजार ६ सय ४३. ८७ विन्दुमा पुग्यो । अघिल्लो दिनको तुलनामा परिसूचक ०.०२ प्रतिशतले कम हो । कारोबारमा आएका धेरै समूहहरूको परिसूचक बढे पनि बैंकिङ र ‘अन्य’ समूहको परिसूचक घटेपछि नेप्सेमा सामान्य दबाब परेको हो । 

बिहीबार बैंकिङ समूहको परिसूचक ०.५३ प्रतिशतले घट्यो । जलविद्युत् लगानी तथा विकास कम्पनीको सेयर मूल्य घटेपछि ‘अन्य’ समूहको परिसूचक ०.२५ प्रतिशत ऋणात्मक रह्यो । उक्त दिन बिमा समूहको परिसूचक ०.३३, उत्पादन तथा प्रशोधनको १.५३, होटलको १.५८, जलविद्युत्को १.२२, विकास बैंकको ०.६९ र वित्त कम्पनीको ०. ६७ प्रतिशत बढे । करिब साढे ५ हजार कारोबारबाट १ सय ४६ कम्पनीका १२ लाख ७ हजार ६ सय ९ कित्ता सेयर किनबेच भए । ती कारोबारबाट ७८ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । 

प्रकाशित : जेष्ठ ५, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?