कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

एनआईसी एसियाको शाखा विस्तार

काठमाडौं — एनआईसी एसिया बैंकले एकै दिनमा चार स्थानमा शाखा विस्तार गरेको छ । बैंकले मणिग्राम, नयाँ पुल कास्की, सालझन्डी र रुद्रपुरमा शाखा विस्तार गरेको जारी विज्ञप्तिमा उल्लेख छ । ग्राहकले छिटो र छरितो सेवा पाउन सकून् भन्ने उद्देश्यले शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा थप शाखा खोल्ने तयारी गरिरहेको जनाएको छ । शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरूको आधारमा एनआईसी एसिया निजी क्षेत्रको अग्रणी बैंकहरूमध्ये एक रहेको दाबी बैंकले विज्ञप्तिमार्फत गरेको छ । 

प्रकाशित : जेष्ठ ५, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?