हुन्डी कारोबारीबाट ५५ लाख बरामद

कान्तिपुर संवाददाता

जनकपुर — हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पक्राउ गरेका ५ व्यक्तिलाई बिहीबार सार्वजनिक गरेको छ । प्रहरीले उनीहरूबाट ५५ लाख रुपैयाँ, ल्यापटप तथा डायरीलगायतका सामान बरामद गरिएको जनाएको छ ।


धनुषाका नायब प्रहरी उपरीक्षक मनोजकुमार यादवका अनुसार जनकपुर उपमहानगर पालिकाको राष्ट्रिय वाणिज्य बैंक रहेको भवनको भुइँतलास्थित गल्लीबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रघुनाथपुर ४ का ३७ वर्षीय महादेव राउत, एकरहिया १ का २० वर्षीय अरुण दास, रघुनाथपुर ४ घर भई हाल क्षिरेश्वरनाथ नगरपालिकामा बस्दै आएका ३४ वर्षीय विष्णुदेव राउत, सवैला नगरपालिका २ का ४० वर्षीय विन्देश्वर राउत र रघुनाथपुर ४ का २० वर्षीय रोशनकुमार महरा छन् ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सिभिलले बोनस सेयर वितरण गर्ने

कान्तिपुर संवाददाता

काठमाडौं — सिभिल बैंक लिमिटेडको छैटौं वार्षिक साधारणसभाले आव ०७२/७३ को नाफाबाट सेयरधनीलाई २.८८ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.१५१६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।

यसैगरी सभाले युनिक फाइनान्स र हामा मर्चेन्ट फाइनान्सलाई सिभिलले प्राप्ति गर्ने प्रयोजनका लागि मूल्यांकनकर्ता जेबी राजभण्डारी एन्ड डिबिन्सबाट प्राप्त दुवै लक्षित संस्थाको सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए) बमोजिम पछिल्लो बजार मूल्य तथा इजाजत पत्र वर्गसमेतका आधारमा प्रक्रिया अघि बढाएको विज्ञप्तिमा उल्लेख छ । यस प्रक्रियामा सिभिलको प्रतिसेयर मूल्य सय रुपैयाँ बराबर युनिकको ९० रुपैयाँ र हामा मर्चेन्टको ८९ रुपैयाँ कायम हुने गरी सिभिलको एक कित्ता सेयर बराबर युनिक फाइनान्स लिमिटेडका सेयरधनीहरूलाई सिभिलको ०.९० कित्ता र हामाका सेयरधनीलाई सिभिलको ०.८९ कित्ता सेयर दिने भएको छ । 

प्रकाशित : जेष्ठ ५, २०७४ ०९:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT