कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सगरमाथामा मृत्यु भएका आरोहीको संख्या ५ पुग्यो

काठमाडौं — सगरमाथामा सोमबारसम्म मृत्यु भएका आरोहीको संख्या ५ पुगेको छ । पर्यटन मन्त्रालयबाट सगरमाथा आधार शिविरका लागि खटाइएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार सगरमाथा आरोहण सकेर फर्किंदै गर्दा बेपत्ता भएका २७ वर्षीय भारतीय नागरिक रवि कुमार मृत अवस्थामा भेटिएका छन् ।

उनी शनिबार ८ हजार ४ सय मिटर उचाइमा पर्ने बाल्कोनी भनिने विन्दुदेखि बेपत्ता थिए । त्यसैगरी आइतबार स्लोभाकियाका आरोही भ्ल्लादिमिर स्र्तोबाको पनि मृत्यु भएको श्रेष्ठले पुष्टि गरेका छन् । यी दुईसहित यस सिजनमा सगरमाथा आरोहणमा नेपालतर्फको मोहोडामा मृत्यु भएकाको संख्या ५ पुगेको हो । यसअघि आधार शिविरमा नेपाली नागरिक मीनबहादुर शेरचन र स्विस नागरिक युली स्टेकको मृत्यु भएको थियो । आइतबार बिहान अमेरिकी चिकित्सक रोल्यान्ड एयरउडको आरोहणका क्रममा बाल्कोनीमा मृत्यु भएको थियो ।

यसैबीच सोमबार मात्रै सयभन्दा बढी आरोहीले चुचुरोमा पाइला टेकेका छन् । यीसहित सगरमाथा आरोहण गर्नेको संख्या २ सय नाघेको छ । पर्यटन विभागका अनुसार यस वर्ष नेपाली मोहोडाबाट ४१ वटा आरोहण दलका ३ सय ७४ जनाले सगरमाथाका लागि मात्रै अनुमति लिएका थिए ।

प्रकाशित : जेष्ठ ९, २०७४ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?