कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेसनलको ५ हजार टन चिनी वीरगन्ज आइपुग्यो

- कुल ५० हजार टनमध्ये पहिलो लटको चिनी आएको हो - आउँदो दसैं, तिहार र छठजस्ता ठूला पर्वलाई लक्षित गरी ल्याइएको

पर्सा — एक सातायता साल्ट ट्रेडिङ कर्पोरेसनको ५ हजार टन चिनी वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा आइपुगेको छ ।

नेसनलको ५ हजार टन चिनी वीरगन्ज आइपुग्यो

वीरगन्ज कार्यालय प्रमुख अमोज लामिछानेका अनुसार कर्पोरेसनले ल्याउन लागेको पहिलो लट १५ हजार टन चिनीमध्ये ५ हजार टन आइपुगेको हो ।

कुल ५० हजार टन चिनी ल्याउने योजना छ । एक रेल्वे र्‍याक चिनी एक साताअघि नै भारतको हल्दियाबाट सुख्खा बन्दरगाह आएकोमा सोमबार थप एक र्‍याक चिनी आइपुगेको हो । प्रत्येक र्‍याकमा २ हजार ५ सय टन चिनी हुन्छ । केही चिनी बाटोमा आउँदै गरेको उनले बताए । उनले भने, ‘हाललाई ६ र्‍याक चिनी आउँछ ।’

भारत पश्चिम बंगालको हल्दियास्थित रेणुका सुगर मिल्सले ग्लोबल टेन्डरबाट कर्पोरेसनलाई यो चिनी आपूर्तिको ठेक्का पाएको हो ।

‘ठेकेदारले भारतबाट सिर्सिया सुख्खा बन्दरगाहसम्म ल्याइपुर्‍याउँछ,’ लामिछानेले भने, ‘हाम्रो ढुवानीकर्ताले त्यहाँबाट वीरगन्जस्थित कर्पोरेसनको गोदामसम्म ल्याउँछ ।’

आउँदो दसैं, तिहार र छठ पर्वजस्ता ठूला पर्वलाई लक्षित गरी कर्पोरेसनले यो चिनी ल्याउँदै गरेको उनले बताए । ‘हाल चिनीको अभाव नरहेको अवस्थामा यो चिनी मौज्दातमा राखेर दसैं, तिहार पर्व ताका बिक्री वितरण गरिनेछ,’ उनले भने, ‘यसरी ठूलो परिमाणमा चिनी मौज्दात रहेपछि वर्षैभरि मुलुकमा चिनीको अभाव हुने छैन ।’

गत वर्षको भदौमा कर्पोरेसनले ३२ हजार टन चिनी भारतबाट ल्याएकामा त्यसले माग धान्न नसक्ने देखिएपछि थप ५० हजार टन चिनी ल्याउन थालिएको उनले बताए । वीरगन्ज आउने चिनी कर्पोरेसन केन्द्रीय कार्यालयको निर्देशनअनुसार परिचालन हुने उनले बताए ।

प्रकाशित : जेष्ठ १८, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?