कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हिमालय ट्राभल मार्ट सकियो

काठमाडौं — हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धन अनि नेपाललाई यस क्षेत्रको प्रवेशद्वारका रूपमा स्थापित गर्ने लगायतका उदेश्यका साथ बिहीबारदेखि काठमाडौंमा जारी हिमालयन ट्राभल मार्ट २०१७ आइतबार सकिएको छ ।



यस मार्टमा विभिन्न अन्तर्राष्ट्रिय बजारबाट ७२ जना क्रेता तथा नेपाललगायत हिमालय क्षेत्रका ४५ बिक्रेताहरू सहभागी थिए । मार्टको पहिलो शृखंलामा जून १ मा पार्क भिलेजमा आयोजना गरिएको थियो । ब्लर्गस र मिडिया सम्मेलन भनिएको उक्त कार्यक्रममा ९ जना ख्यातिप्राप्त वक्ताले पर्यटन बजारको विस्तारलगायतका विषयमा प्रस्तुति गरेका थिए । त्यसमा १ सय ७ मुलुकका ब्लगर, ट्राभल राइटर, पत्रकार सहभागी थिए ।

कार्यक्रमको दोस्रो दिन जुन २ तारिखका दिन सोल्टी होटलमा हिमालयन ट्राभल सम्मेलन आयोजना गरिएको थियो । हिमाली क्षेत्रको पर्यटन अन्वेषण, बजार व्यवस्थापनलगायतका विषयमा स्वदेशी तथा स्वदेशी/स्वदेशी विज्ञको प्रस्तुति रहेको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पर्यटन क्षेत्रको क्षति व्यवस्थापन तथा पुन:स्थापना कार्यक्रममा सहयोग पुर्‍याउने पाटाका निवर्तमान अध्यक्ष एड्रउ जोनस, पाटाका प्रमुख कार्यकारी अधिकृत मारियो हार्डी अनि संकट व्यवस्थापनविज्ञ बर्ड भ्यान वाल्बिकलाई सम्मान गरेकी थिइन् ।

पाटा नेपालले यस मेलामा ५३ देशका २ सय २० विदेशी सहभागी रहेको जनाएको छ । समापन समारोहमा पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले हिमालयन ट्राभल मार्ट २०१७ नेपाली पर्यटनको कोसेढुंगा भएको बताए । उनले यस मेलाले आगामी संस्करण गर्न थप हौसला दिएको उनले बताए । यसैबीच आगामी वर्ष जुन १ देखि ३ तारिखमा दोस्रो संस्करणको हिमालयन ट्राभल मार्ट हुने पाटा च्याप्टर र बोर्डले घोषणा गरेको छ ।

प्रकाशित : जेष्ठ २२, २०७४ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?