३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जडिबुटीबाट २३ लाख राजस्व संकलन

राजबहादुर शाही

मुगु — जिल्लामा जडिबुटीबाट करिव २३ लाख ७७ हजार राजस्व संकलन भएको वन कार्यालयले जानकारी गराएको छ । गत साउनदेखि जेठ दोस्रो सातासम्म विभिन्न जडिबुटी निकासी तथा संकलन पूर्जीबाट २३ लाख ७७ हजार राजस्व उठेको छ । गतवर्ष जडिबुटीबाट २५ लाख राजस्व संकलन उठेको थियो ।

जडिबुटीबाट २३ लाख राजस्व संकलन

जिल्लामा जडिबुटीबाट करिव २३ लाख ७७ हजार राजस्व संकलन भएको वन कार्यालयले जानकारी गराएको छ ।

गत साउनदेखि जेठ दोस्रो सातासम्म विभिन्न जडिबुटी निकासी तथा संकलन पूर्जीबाट २३ लाख ७७ हजार राजस्व उठेको छ । गतवर्ष जडिबुटीबाट २५ लाख राजस्व संकलन उठेको थियो । साधारण च्याउ, सेतो चिनी, पदचाल, चिराइतो, कटुकी, बीसजरा, अत्तिस, जटामसी, सुगन्धवाललगायत १४ सय क्वीन्टलबाट २३ लाख ७७ हजार राजस्व उठेको सहायक वन अधिकृत द्धोणविक्रम कार्कीले बताए ।

जिल्लामा तीन वर्षयतादेखि जडिबुटीको राजस्व संकलन वृद्धि हुँदै गएको कार्कीको भनाइ छ । जडिबुटीबाट उठेको सम्पूर्ण राजस्व रकम नेपाल सरकारको राजस्व खातामा जम्मा उनले जनाए । मुगुको वन क्षेत्रबाट साधारण च्याउ ८ सय ९० किलो, सेतो चिनी ७६ क्वीन्टल, चिराइतो २० क्वीन्टल, कटुकी ३ सय ७१ क्वीन्टल, बीसजरा ४ क्वीन्टल, अत्तिस डेढ क्वीन्टल संकलन भएको छ ।

त्यसै गरी जटामसी, ४ सय ३२ क्वीन्टल सुगन्धवाल १८ क्वीन्टल संकलन भएको छ । जिल्लामा संकलन भएको विभिन्न प्रकारको जडिबुटी बिक्रीको निम्ति नेपालगञ्ज हुँदै भारत जाने गरेको छ । जिल्ला वन कार्यालयले साधारण च्याउ प्रतिकेजी ५, सेतो चिनी प्रतिकेजी ५, पदमचाल प्रतिकेजी १०, चिराइतो प्रतिकेजी १५, कटुकी प्रतिकेजी १५ बिसजरा प्रतिकेजी १० रुपैयाँ दरले राजस्व उठाउने गरेको छ ।

साविकको रोबा, माग्री, मुगु, डोल्फु, रुगा, डोल्फु, रारा, खमालेलगायत गाविसको वन क्षेत्रबाट जडिबुटी संकलन हुने गरेको छ । जडीबुटी उत्पादनले स्थानीयको आयस्रोत बढेको छ ।

प्रकाशित : जेष्ठ २५, २०७४ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?