१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

थाइल्यान्डले पर्यटन प्रवर्द्धनमा सघाउने

पोखरा — नेपालको पर्यटन प्रवद्र्धनमा सघाउन थाइल्यान्ड तयार रहेको जनाइएको छ । थाइल्यान्डका राजदूत भकावत तान्सकुलले पोखरा उद्योग वाणिज्य संघको भेलामा उनले यस्तो बताएका हुन् । थाइल्यान्डमा बर्सेनि करिब ३ करोड ५० लाख पर्यटक भित्रने उनले जानकारी दिए ।

‘हामीले गरेको पर्यटन व्यवस्थापनको अनुभव नेपालका लागि उपयोगी हन्छ,’ उनले भने, ‘हामी अनुभव साट्न तयार छौं ।’ नेपाली पर्यटन व्यवसायीले आवश्यकताअनुसार थाई पर्यटनकर्मीहरूसँग भेटघाट र छलफल गर्न सक्ने उनले बताए । 

प्रकाशित : असार १९, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?