गोर्खा ब्रुअरीका उत्पादनहरू बजारमा

काठमाडौं — गोर्खा ब्रुअरीले नेपालको पहिलो प्रिमियम स्ट्रोङ बियर, टुबोर्ग क्लासिक विथ स्कच माल्टस बजारमा भित्र्याएको छ ।

गोर्खा ब्रुअरीका व्यावसायिक साझेदार, आधिकारिक वितरक, थोक बिक्रेता, खुद्रा बिक्रेता साथै मिडियाका प्रतिनिधिहरू र सेलिब्रेटीहरूको उपस्थितिमा राजधानीमा एक कार्यक्रमको आयोजना गरी यी उत्पादनहरू सार्वजनिक गरेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार सन् १९९० मा गोर्खा ब्रुअरीले नेपाली बजारमा प्रस्तुत गरेको टुबोर्ग बियर नेपालमा भित्रने पहिलो अन्तर्राष्ट्रिय ब्रान्ड हो । नेपालको सबैभन्दा ठूलो बु्रअर गोर्खा ब्रुअरीले ल्याएको यो इनोभेसनले आफ्नो बजार नेतृत्वलाई थप बढावा र निरन्तरता दिनेछ भन्नेमा कम्पनी अत्यधिक आशावादी र विश्वस्त रहेको जनाएको छ । 

प्रकाशित : असार १९, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?