कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

२५ हजार टन मल भित्रियो

पर्सा — साल्ट ट्रेडिङ कर्पोरेसनले जेठयता २५ हजार टन युरिया मल भित्र्याएको छ । कर्पोरेसन अञ्चल कार्यालय वीरगन्जका अनुसार वीरगन्ज कार्यालयले १० हजार, विराटनगर र भैरहवा अञ्चल कार्यालयले ७/७ हजार ५ सय टन मल भित्र्याएको हो ।

वीरगन्ज र विराटनगरको मल सिर्सिया सुक्खा बन्दरगाहमा आएको छ । भैरहवाको मल उतै अनलोड गरिएको कर्पोरेसन वीरगन्ज अञ्चल कार्यालय प्रमुख अमोज लामिछानेले बताए । विराटनगरमा रेल्वे समस्या भएकाले त्यहाँको मलयता आएको हो । भारतको कोलकाता बन्दरगाहबाट मल रेल्वे र्‍याकमा ल्याइएको हो । 

यहाँ ल्याइएको मलमध्ये थोरै मात्र सुक्खा बन्दरगाहमा रहेको र अधिकांश कर्पोरेसनको गोदाममा भण्डारण भएको लामिछानेले बताए । ग्लोबल टेन्डरबाट आयात गरिएको युरिया मल चीनमा उत्पादित हो । कम्पनीले यस सिजनमा आयात गरेको मल माग भएका जिल्लामा क्रमश: परिचालन भइरहेको उनले बताए । चालु आर्थिक वर्षका लागि कर्पोरेसनले कुल ८५ हजार टन मल आयातको कोटा पाएकोमा त्यसमध्ये ६० हजार टन युरिया, २२ हजार ५ सय डीएपी र २ हजार ५ सय पोटास मल रहेको छ । 

प्रकाशित : असार २५, २०७४ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?