कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

राष्ट्रिय मह मेला सुरु

काठमाडौं — कृषि विभाग अन्तर्गतको व्यवसायिक कीट विकास निर्देशनालयको आयोजनामा सोमबारदेखि राजधानीमा राष्ट्रिय मह मेलाको सुरु भएको छ । मेलाको उद्घाटन राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले गरे ।

राष्ट्रिय मह मेला सुरु

कृषि विभाग अन्तर्गतको व्यवसायिक कीट विकास निर्देशनालयको आयोजनामा सोमबारदेखि राजधानीमा राष्ट्रिय मह मेलाको सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा सुरु भएको मेलाको उद्घाटन राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले गरे । कृषि क्षेत्रमा सरकारले छुट, सुविधा र सहुलियत दिएपनि सुचनाको हक अन्तर्गत किसानसम्म पुग्न नसकेको उनले बताए ।

‘नेपालमा व्यावसायिक मह उत्पादन, खपत र निकासीको प्रशस्त सम्भावना छ । सरकारले सुविधा र सहुलियतको घोषणा पनि गरेको छ,’ प्रमुख आयुक्त बास्कोटाले भने, ‘तर, सरकारले प्रयाप्त जानकारी दिन सकेको छैन । सुविधाको बारेमा किसानहरु बन्चित हुन बाध्य भएका छन् ।’ मह उत्पादन खपत बढाउन फाइदाको पक्षलाई व्यापकरुपमा सर्बसाधरणसम्म सूचना प्रवाह गर्नुपर्ने उनले बताए ।

निर्देशनालयका कार्यक्रम निर्देशक हरिहर अधिकारीले महको महत्व बुझाउन मेला आयोजना गरेको बताए । मेलामा मेचीदेखी महाकालीसम्मका व्यवसायीहरु उपस्थित भएको उनले बताए । व्यवसायीलाई प्रबद्र्धनगर्न मैरी सरक्षण निती छिटै सार्वजनिक गरिने बताए ।

मह व्यवसायी सघका पूर्वअध्यक्ष तथा मह विज्ञ धर्मराज श्रेष्ठले नेपालमा व्यवसायीक रुपमा खेती हुन नसकेको गुनासो गरे । ‘अन्तर्राष्ट्रिय बजारमा नेपाली महको माग अत्याधिक भएपनि उत्पादन गर्न सकेका छैनौं,’ उनले भने, ‘बजार बिस्तार गर्न सरकारले सहयोग गर्नुपर्छ । उत्पादन वृद्धि गर्न व्यवसायीलाई तालिमको सुविधा गर्नुपर्छ ।’ मेलाको नारा ‘आर्थिक समृद्धिका लागि व्यवसायिक मौरी पालन’ राखिएको छ । मेलामा करिब २० वटा स्टल रहने आयोजकले जनाएको छ ।

प्रकाशित : असार २६, २०७४ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?