धान रोप्ने मेसिन परीक्षण

पर्सा — धान रोप्ने राइस ट्रान्सप्लान्टर मेसिनको यहाँ परीक्षण गरिएको छ । वीरगन्जस्थित कृषि औजार अनुसन्धान केन्द्रमा शनिबार र आइबार दुई दिन उक्त मेसिन परीक्षण गरिएको हो ।

३ जना बसेर चलाउन मिल्ने यो उपकरणको २ दिन लगाएर गरिएको कार्यक्षमता र नेपालमा सम्भाव्यता अध्ययनले परम्परागत विधिको खेतीभन्दा धेरै कम लागत र समयमा धानको रोपाइँ गर्न सक्ने नतिजा दिएको केन्द्रका निमित्त प्रमुख द्वारिका चौधरीले दाबी गरेका छन् । डिजेल इन्जिनमा एक चालक र २ जना धानको बीउ दिने सहयोगी बसेपछि उनीहरूले आफ्नो इच्छाअनुसार चाहेको खेतमा रोपाइँ गर्न सक्छन् ।

यो मेसिनले १ घण्टामा साढे सात कट्ठा खेतमा रोपाइँ गर्न सक्छ । मेसिनले रोपाइँ गरेको खेतमा गोडमेल, बाली काट्न, मलखाद छर्न पनि सहज हुन्छ । यो मेसिनले धान रोप्दा एक लाइनदेखि अर्को लाइनको दूरी २४ सेमि र गाँजदेखि गाँजको दूरी १४ देखि १६ सेमि हुन्छ । एउटा गाँजमा ५ देखि ८ वटासम्म बेर्ना रोप्न सकिन्छ । केन्द्रले ८ लाख रुपैयाँको लागतमा यो मेसिन खरिद गरेको हो ।

प्रकाशित : असार २७, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?