निगमले अनलाइन बुकिङ थाल्यो

काठमाडौं — नेपाल वायुसेवा निगमको टिकट अब विश्वको जुनसुकै ठाउँबाट पनि खरिद गर्न सकिने भएको छ । निगमको रुटमा यात्रा गर्न चाहने यात्रुले अब अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै स्थानबाट टिकट बुकिङ गर्न सक्नेछन् ।

नेपाल वायुसेवा निगमको टिकट अब विश्वको जुनसुकै ठाउँबाट पनि खरिद गर्न सकिने भएको छ ।

निगमको रुटमा यात्रा गर्न चाहने यात्रुले अब अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै स्थानबाट टिकट बुकिङ गर्न सक्नेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले निगमको प्रधान कार्यालयमा अनलाइन बुकिङ सेवाको उद्घाटन गरेका थिए ।

विदेशी मुद्राको अन्तर्राष्ट्रिय कार्डको प्रयोग गरी टिकट बुकिङ हुने निगमले जनाएको छ ।

प्रकाशित : श्रावण २, २०७४ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?