कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सवा ५ अर्बको सेयर कारोबार

कान्तिपुर संवाददाता

काठमाडौं — यो साता बजारमा सवा ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साताको तुलनामा कारोबार रकम ५.०५ प्रतिशतले कम हो ।

सवा ५ अर्बको सेयर कारोबार

करिब ४४ हजार ४ सय ५० कारोबारबाट १ सय ६७ कम्पनीका ५ लाख ८० हजार ४ सय ९० कित्ता सेयर खरिद–बिक्री हुँदा ५ अर्ब २५ करोड २४ लाख रुपैयाँ परिचालन भएको छ । गत साता ९० लाख ५८ हजार ७० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड १८ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

साप्ताहिक कारोबारमा सेयर कारोबार मापक नेप्से १७.३ अंकले बढेर १ हजार ६ सय ६०.५८ बिन्दुमा पुगेको छ । आइतबार यो परिसूचक १ हजार ६ सय ४३.२८ बिन्दुमा थियो । गत बिहीबारको तुलनामा भने नेप्से १४.०५ अंकले बढेको देखिन्छ । नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक आइतबारको २.८६ अंकले बढेर ३ सय ४८.२२ अंकमा पुगेको छ । यस्तै, कारोबारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक १.०८ अंकले उकालो लागेको नेप्सेले जनाएको छ । 

साताभरको कुल कारोबारमा बैंकिङ र बिमा समूहको बजार हिस्सा समान (२४/२४ प्रतिशत) रहयो । गत साता बैंकिङ समूहको हिस्सा १९.३४ प्रतिशत र बिमाको ४६.४८ प्रतिशत थियो । गत साताको तुलनामा यो साता बजारमा बिमा कम्पनीहरूमा भन्दा वाणिज्य बैंकहरूमा लगानीकर्ताको आकर्षण बढेको छ । यसकारण गत साता कुल कारोबारमा बिमा समूहको हिस्सा घटदो छ भने बैंकिङको बढ्दो छ । अघिल्ला साताहरूमा बजारमा ठूलो कारोबार हिस्सासहित प्रभुत्व जनाउँदै आएको बैंकिङ समूहलाई गत साता बिमा समूहले उछिनेको थियो । 

गत साता कारोबार रकम (२४ करोड ५७ लाख ६० हजार रुपैयाँ) का आधारमा नेपाल ग्रामीण विकास बैंक अग्रस्थानमा छ । कारोबार सेयर संख्या (१७ लाख ४२ हजार कित्ता) का आधारमा लक्ष्मी भ्यालु फन्ड १ सबैभन्दा अघि छ । कारोबार संख्या (२ हजार ५ सय ५६ वटा) का आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको नेप्सेले जनाएको छ । पाँच दिनको कारोबारमा बिमाबाहेक कारोबारमा रहेका सबै समूहअन्तर्गत कम्पनीका सेयरधनीको सम्पत्ति बढयो । तर, बिमा कम्पनीहरूका सेयरधनीको सम्पत्ति भने १ सय ४१.६५ अंकले साँघुरियो । 

यसैगरी, होटल समूहको परिसूचक सबैभन्दा बढी १ सय ६२.०७, उत्पादन तथा प्रशोधन ६८.४८, वित्त कम्पनीको ६४.१३, विकास बैंकको ४८.०१, बैंकिङ १०.६२, जलविद्युत् ३३.५७ र ‘अन्य’ समूहको परिसूचक १५.६१ प्रतिशतले बढे । यो साता पनि नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रहयो । विगतमा जस्तै ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन । यो साता जनता बैंक, मिसन डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक र तिनाउ विकास बैंकको हकप्रद सेयर सूचीकृत भए । 

प्रकाशित : श्रावण २२, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?