१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

छिप्पिएको बीउ रोप्दै किसान

भरत जर्घामगर

सिरहा — दुई दिनयता पानी पर्न थालेपछि सिरहाका किसानले छिप्पिएकै बेर्नाबाट धान रोपाइँ सुरु गरेका छन् । खेत त्यसै बाँझो राख्नुभन्दा गाईवस्तुलाई घाँसकै लागि भए पनि कतिपय किसानले रोपाइँ थालेका हुन् ।

छिप्पिएको बीउ रोप्दै किसान

साउन बित्न लागिसक्दा बल्ल वर्षा सुरु भएपछि सिरहा चुरे क्षेत्रलगायतमा धान रोपाइँ थालिएको हो । तर, अहिले गरिएको रोपाइँबाट उत्पादन नहुने कृषि प्राविधिकहरूको भनाइ छ ।
आकासेपानीको भरमा खेती गर्दै आएका सिरहा धनगढीमाई १४ सर्रेका किसान शंकर राईले जग्गा बाँझो राख्नुभन्दा उत्पादन नभए पनि गाईवस्तुलाई आहारकै लागि भए पनि रोपाइँ थालेको सुनाए । ‘सामान्यतया २० देखि २५ दिनमा तयार भएको धानको बेर्ना रोपिसक्नुपर्छ,’ कृषि विकास कार्यालय सिरहाका सूचना अधिकारी हरीशचन्द्र पण्डितले भने, ‘त्योभन्दा बढी दिन भएको बेर्ना रोप्दा उत्पादनमा ह्रास हुने सम्भावना बढी हुन्छ ।’ वर्षापछि अहिले रोपिएको धानले उत्पादन नदिने भएकाले रोपाइँको अर्थ नभएको उनले बताए । धान रोपाइँको समयमा पानी नपर्दा सिरहामा यस वर्ष अहिलेसम्म ३९ प्रतिशत मात्र धान रोपाइँ हुन सकेको छ ।

तराईमा धानबालीलाई अन्न भण्डारको रूपमा लिइन्छ । सिरहामा कृषकहरूले मुख्य बालीका रूपमा धान बाली लगाउँछन् । कृषि विकास सिरहाको तथ्यांकअनुसार कुल खेतीयोग्य ७३ हजार ९ सय १३ हेक्टर जग्गामध्ये ३९ हजार ८ सय ७१ हेक्टर जग्गा सिञ्चित क्षेत्र थिए । तर, खोलामा पानीको स्रोत सुकेपछि सिञ्चित क्षेत्रमा समेत कृषकहरूले धान रोपाइँ गर्न नपाएको कृषि कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण २२, २०७४ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?