व्यवसायीद्वारा आफैंले गरेको सहमतिको विरोध

कान्तिपुर संवाददाता

काभ्रे — सार्वजनिक यातायातको छत हटाउने सरकारी निर्णयको व्यवसायीले विरोध जनाएका छन् । व्यवसायीकै सहमतिमा गरिएको उक्त निर्णयको उनीहरूले नै विरोध गरेका हुन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघको सहमतिमा सरकारले २०७३ असोज १३ को राजपत्रमा उक्त विषय प्रकाशित गरिसकेको छ । राजपत्रमा प्रकाशित भएको नियमको हाल विरोध हुन थालेको हो । उनीहरूले यात्रुको सामान (लगेज) बोक्ने प्रयोजनका लागि छत अनिवार्य भएको तर्क गरेका छन् ।

महासंघमा आधिकारिक छलफल र सहमतिबिनै केही व्यक्तिकै आधारमा उक्त निर्णय भएको जनाउँदै महासंघकै पदाधिकारीले विरोध जनाए । महासंघका अध्यक्ष, महासचिव र कोषाध्यक्षले कार्य सम्पादन समितिमा छलफल नै नगरी सहमति जनाएको उनीहरूको भनाइ छ ।

काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र रसुवामा बस सेवा सञ्चालन गर्दै आएको हेलम्बु यातायात सेवा समितिको पोखरामा भएको २१ औं वार्षिक साधारणसभामा महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले निर्णयबारे अनभिज्ञता प्रकट गरे । ‘यसबारे महासंघमा निर्णय भएको छैन,’ स्वाँरले भने, ‘यात्रुको लगेज त बोक्न पाउनुपर्छ, सरकारले यो नीतिमा पुनर्विचार गर्नुपर्छ ।’ छतमा समेत यात्रु चढ्ने गर्दा दुर्घटना बढेपछि सरकारले छत हटाउने निर्णय गरको थियो ।

प्रकाशित : श्रावण २३, २०७४ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?