१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेप्से साढे ४ अंकले बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौं — साताको पहिलो दिन नेप्से परिसूचक ४ अंक बढी (०.२७ प्रतिशत) ले बढेको छ । कारोबारमा आएकामध्ये तीन समूहको परिसूचक सकारात्मक रहे भने पाँच समूहको परिसूचक घटे ।

कारोबार सुरु भएदेखि उकालो लागेको नेप्से अन्त्यमा ४.४७ अंकले बढेर १ हजार ६ सय ६५.०५ विन्दुमा पुगेको छ । आइतबार १ अर्ब १ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १२ करोड ६४ लाख रुपैयाँले कम हो । योसँगै कुल बजार पुँजीकरण पनि बढेर १९ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।

आइतबार ‘अन्य’ समूहको ०.८२ प्रतिशत बढ्यो । बैंकिङ समूहको परिसूचक ०.७७ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.६४ प्रतिशत बढे । तर, होटल समूहको परिसूचक १.३५, वित्त कम्पनीको ०.८५, जलविद्युत्को ०.८३, बिमाको ०.५३ प्रतिशत र विकास बैंकको ०.१५ प्रतिशतले घटे । उक्त दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ०.२६ प्रतिशतले बढ्यो कारोबारमा आएकामध्ये ६१ कम्पनीको सेयर मूल्य बढ्यो, ८५ कम्पनीको सेयर मूल्य घट्यो, १३ कम्पनी स्थिर छ ।

प्रकाशित : श्रावण २३, २०७४ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?