कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

आजैबाट ढुवानी सुचारु, इन्धन अभाव नहुने
राजु चौधरी

काठमाडौं — पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले बिहीबारदेखि सुरु गरेको आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । बिहीबार राति आयल निगम सञ्चालक समितिले माग पुरा गर्ने सहमति गरेपछि एसोसिएसनले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

थानकोट डिपोबाट पम्पसम्म पेट्रोल ढुवानी गर्दा थप १० लिटर नोक्सानी क्षतिपूर्ति दिने भएपछि आन्दोलन फिर्ता भएको हो । अहिले थानकोट ढिपोबाट ४ हजार पेट्रोल ढुवानी गर्दा ३५ लिटर नोक्सानी पाउथे भने अब ४५ लिटर पाउने छन् ।

यस्तै डिजेलमा ४ हजार लिटर ढुवानी गर्दा २४ लिटर क्षतिपूर्ति पाउँदै आएका व्यवसायीले नयाँ सहमति अनुसार अब २७ लिटर पाउनेछन् ।

एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले भने, 'अहिलेबाटै सबै आन्दोलनका कार्यक्रम स्थगित गरेर ढुवानी सुरु गरिएको छ । अब इन्धन सहज हुन्छ ।'

संसदको आफूर्ति तथा उपभोक्ता हित उपसमितिले पनि बिहीबार नै माग सम्बोधन गर्ने जनाउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो ।

प्रकाशित : श्रावण २७, २०७४ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?