कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूकम्पपीडितको ९ करोड फिर्ता

प्रतिक्षा काफ्ले

स्याङ्जा — भूकम्पपीडितका लागि जिल्लामा आएमध्येको ९ करोड रुपैयाँ फिर्ता भएको छ । भूकम्पपीडितलाई वितरण गर्ने रकम दुई नगरपालिका र एउटा गाउँपालिकाले खर्च नगर्दा उक्त रकम फिर्ता भएको हो ।

भूकम्पपीडितको ९ करोड फिर्ता

इन्जिनियरले क्षति भएको प्रमाणित गरेका ८ हजार ३ सय ८६ घरमध्ये ३ हजार जनालाई प्रतिघर ५० हजार रुपैयाँका दरले वितरण गरिएको जिल्ला समन्वय समितिका लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले बताए । यो भूकम्पपीडितलाई अनुदान दिने रकममध्येको पहिलो किस्ता हो । ‘प्रमाणित लाभग्राहीलाई पहिलो किस्ताबापत २४ करोड ९६ लाख ९ हजार ५ सय २९ रुपैयाँ वितरणको अख्तियारी आएको थियो, ३ हजार जनालाई १५ करोड करोड रुपैयाँ वितरण भयो,’ उनले भने, ‘९ करोड रुपैयाँ फिर्ता भएको छ ।’
जिल्लाका ११ स्थानीय तहमध्ये चापाकोट, गल्याङ नगरपालिका र आँधीखोला गाउँपालिकाले रकमको निकासा नलग्दा आएको बजेट पनि फिर्ता भएको उनले बताए । ‘झन्डै ६ हजार लाभग्राहीले सम्झौता गरे तर आधाले मात्रै पहिलो किस्ताबापत रकम निकासा लिए,’ उनले भने, ‘सम्झौता भएर पनि निकासा दिन नपाउँदा समस्या देखिएको छ ।’ पुनर्निर्माण प्राधिकरणले जिससमार्फत जिल्लाका लाभग्राहीलाई पहिलो किस्ताबापत ५० हजारका दरमा ४१ करोड ५४ लाख रुपैयाँ निकासा 
दिनुपर्ने थियो । 

कालीगण्डकी गाउँपालिकाका कृष्ण न्यौपाने भूकम्पपीडित हुन् । उनले भने, ‘हामीले अझैसम्म राहत पाएका छैनौं, सोध्न गए पनि कर्मचारीले बुझ्ने गरी केही भन्दैनन् ।’ राहत वितरणको नाममा राजनीति भएको उनको आरोप छ । भूकम्पपीडितले नपाउने रकम फिर्ता जाने दु:खद भएको उनले बताए । 

प्रकाशित : श्रावण २८, २०७४ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?