कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बाढीपीडितलाई उद्योग बाणिज्य महासंघद्वारा एक करोड सहयोगको घोषणा

कान्तिपुर संवाददाता

काठमाडौं — वर्षाले मुलुकका विभिन्न स्थानमा पुर्‍याएको क्षतिबाट पीडितभएकाहरुलाई सहयोग पुर्‍याउन उद्योग बाणिज्य महासंघले एक करोड रुपैयाँ बराबरको सहयोग घोषणा गरेको छ । ​आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै नगद र जिन्सी गरी करिव एक करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको हो ।

बाढीपीडितलाई उद्योग बाणिज्य महासंघद्वारा एक करोड सहयोगको घोषणा

वर्षाले मुलुकका विभिन्न स्थानमा पुर्‍याएको क्षतिबाट पीडितभएकाहरुलाई सहयोग पुर्‍याउन उद्योग बाणिज्य महासंघले एक करोड रुपैयाँ बराबरको सहयोग घोषणा गरेको छ ।

आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै नगद र जिन्सी गरी करिव एक करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको हो । ‘केहि दिनदेखि अविरलरूपमा परेको वर्षाका कारण मुलुकभर भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दु:ख व्यक्त गर्दै विपत्तिमा परेका जनताको तत्काल सहयोगार्थ महासंघले आफ्ना सदस्य एवं अन्य संघ संस्थाहरूको समेत सहयोगमा नगद तथा जिन्सी गरी करिव १ करोड रुपैयाँ बराबरको सहयोगको घोषणा गरेको छ,’ महासंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

उक्त सहयोगमा, महासंघको तर्फबाट नगद १० लाख, नेपाल औषधि उत्पादक संघको तर्फबाट ५० लाख नगद बराबरको औषधि, नेपाली यूवा उद्यमी मञ्चबाट नगद तथा जिन्सी गरी १५ लाख, शंकर ग्रुपको तर्फबाट नगद तथा जिन्सी गरी ५ लाख, वागमती सफाई महाअभियानका तर्फबाट १० लाख नगद र अन्य संघ संस्थाबाट १० लाख गरी पहिलो चरणमा उक्त घोषणा भएको हो ।

‘साथै यसका लागि कार्य गर्न महासंघको सामाजिक सेवा फोरमका सभापति जय प्रसाद सिवाकोटीको संयोजकत्वमा १७ सदस्यीय बाढी पहिरो व्यवस्थापन कार्यदल २०७४ समेत गठन गरिएको छ,’ बिज्ञप्तीमा भनिएको छ । बाढी प्रभावित जनताको सहयोगार्थ महासंघले बैंक अफ काठमाडौंमा एफएनसीसीआई रिलिफ खाता संचालनमा ल्याएको जनाएको छ ।

‘विपत्तिमा परेका जनताहरूको सहयोगार्थ महासंघले संचालनमा ल्याएको बैंक अफ काठमाडौमा रहेको ०१२५०००००६३५ खातामा आ–आफ्नो क्षेत्रबाट नगद सहयोग गर्न महासंघ सवै सदस्य उद्योग वाणिज्य संघहरू, वस्तुगत संघहरू, द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरू, एसोसिएट सदस्यहरु, उद्यमी व्यवसायीहरू, गैर आवासीय नेपाली संघ लगायत अन्य संघ संस्थाहरू समेत सवैमा हार्दिक अपिल गर्दछ,’ विज्ञप्तीमा भनिएको छ, ‘जुनसुकै बैंकबाट पनि महासंघको उक्त खातामा सहयोग रकम पठाउन सकिने छ ।’

प्रकाशित : श्रावण २९, २०७४ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?