कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

तराईमा ७७ ५ मात्र रोपाइँ

काठमाडौं — बाढीले प्रभावित मध्य तराईका ७ जिल्लामा ७७ प्रतिशत मात्रै रापाइँ भएको छ । कृषि विकास मन्त्रालयले सोमबारसम्म देशभरको रोपाइँबारे तथ्यांक सार्वजनिक गर्दै मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, पर्सा, बारा, रौतहट, चितवनमा ७७ दशमलव २९ प्रतिशत मात्रै रोपाइँ भएको जनाएको छ ।

तराईमा ७७ ५ मात्र रोपाइँ

मन्त्रालयका सहायक प्रवक्ता शंकरप्रसाद सापकोटाका अनुसार वर्षा कम भएकाले यी जिल्लामा रोपाइँ पनि कम भएको हो । त्यसैगरी झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरीमा पनि रोपाइँ कम भएको छ । यी जिल्लामा ८९ दशमलव ९८ प्रतिशत मात्रै रोपाइँ सकिएको छ ।

यस वर्ष डुबानले मध्य तराईमा धान खेतीमा क्षति भएको तर यकिन तथ्यांक भने आइनसकेको जनाइएको छ । हिमाल, मध्यपहाड र तराईको क्षेत्रगत तथ्यांकअनुसार पनि तराईका २० जिल्लामा ८९ प्रतिशत मात्रै रोपाइँ सकिएको छ ।

उच्च पहाडमा ९९ प्रतिशत र मध्यपहाडमा ९७ प्रतिशत रोपाइँ सकिएको छ । कुल देशभर ९१ प्रतिशत रोपाइँ सकिएको छ । यो भनेको १५ लाख ५२ हजार ४ सय ६९ हेक्टरमा धान रोपाइँ भएको छ ।

प्रकाशित : भाद्र ८, २०७४ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?