कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

जेगबनीबाट रेल सेवा सुरु

देवनारायण साह

मोरङ — साउन अन्तिम साता आएको बाढीले पटरी बगाउँदा सीमावर्ती जोगबनीबाट दिल्लीलगायत भारतका विभिन्न ठाउँ जाने-आउने अवरुद्ध रेल सेवा शनिबार साँझबाट पुन: सञ्चालनमा आएको छ ।

जेगबनीबाट रेल सेवा सुरु

शनिबार साँझबाट भारतको कलकातालगायतको ठाउँबाट मालबाहक रेल आउन सुरु भएको जोगबनी रेलवे स्टेशनका स्टेशन मास्टर मनोज झाले बताए । उनले अहिले मालबाहक रेल आए पनि सोमबारबाट यात्रुबाहक रेल सेवा सञ्चालनको तयारी भएको बताए । 

बाढीले जोगबनीदेखि दक्षिणतर्फ साढे चार किलोमिटर रेलको पटरी बगाउँदा २८ दिनपछि रेल सेवा सञ्चालन भएको हो । जोगबनी नाका जोड्ने भारतको मिरगंज घाटस्थित एनएच५७ए को प्रमाण नदीको पुलमा बाढीले क्षति पुर्‍याएको र रेल सेवा अवरुद्ध भएकोले विराटनगर भन्सारबाट भारत तथा तेस्रो मुलुक आयात-निर्यात ठप्प भएको थियो । रेल र यातायातको साधन अवरुद्ध भएकोले सुनसरी-मोरङ औद्योगिक कोरिडोरको ५ सय बढी उद्योग प्रभावित भएको थियो । 

विराटनगर भन्सारका प्रमुख कृष्ण बस्नेतले शनिबार साँझ मालबाहक रेल आएपछि भारतलगायत तेस्रो मुलुकबाट रेलमार्गमार्फत आउने मालसामान आउन सुरु भएको बताए । उनले आइतबार विराटनगर भन्सारमा फलामको रोल आउन सुरु भएको सुनाए । उनले रेलवे स्टेशनले बढीमा मंगलबारदेखि यात्रुबाहक रेल सेवा पनि सुरु हुने जानकारी दिएको सुनाए । 

जोगबनी नाकाबाट आयात-निर्यात ठप्प भएपछि सरकारले सुनसरी मोरङ औद्योगिक कोरिडोरको आयात-निर्यात भारत सरकारबाट भिमनगर हुँदै भण्टाबारीबाट रि-रुट गराएर सञ्चालन गराएको थियो । स्वास्थ्योपचारलगायत कामका लागि भारत जान विराटनगरबाट भारतमा ६ किलोकिमटर सिटी रिक्सामा गएर सर्वसाधारणले भारतको बथनाहामा रेल चढन बाध्य भएका थिए । 

प्रकाशित : भाद्र २५, २०७४ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?