कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

तातोपानीबाट ८९ लाख

म्याग्दी — सिंगास्थित तातोपानी पोखरी व्यवस्थापन समितिले ८९ लाख आम्दानी गरेको छ । बेनी नगरपालिका ४ स्थित प्राकृतिक तातोपानी कुण्डमा नुहाउनेहरूको प्रवेश शुल्क र चन्दा गरी आव ०७३/०७४ मा ८८ लाख ९३ हजार आम्दानी भएको समितिले जनाएको हो ।

प्रवेश शुल्कबाट ५४ लाख र चन्दाबाट १९ लाख, पर्यटन कार्यालयबाट ९ लाख ६१ हजार र आजीवन सदस्यता शुल्कबाट ३ लाख ३१, विविधबाट २ लाख २० हजार आम्दानी भएको छ । समितिले आम्दानी मुहानको संरक्षण, व्यवस्थापनमा बाहेक स्थानीय सरस्वती माविमा १० शिक्षकलाई तलबभत्ता, भौतिक पूर्वाधार निर्माण, युवा क्लब र विभिन्न सामाजिक काममा खर्च गर्दै आएको छ ।

म्दानीमध्येबाट १० जना विभिन्न्न तह र दरबन्दीका शिक्षकलाई तलबभत्ता स्वरूप १७ लाख ७४ हजार, विद्यालय भवन निर्माणमा ६ लाख, तातोपानी बजार ढल निर्माणमा ८ लाख, कुण्ड व्यवस्थापन कर्मचारी, स्टेसनरी, भैपरी, खेलापरीक्षण र नवीकरण शुल्कमा २ लाखभन्दा बढी खर्च भएको छ । त्यस्तै विभिन्न सामाजिक संस्थालाई चन्दा ३५ हजार, कृषि सहकारी ६८ हजार ८ सय १०, प्रहरी चौकीको खानेपानी र बिजुली महसुलमा २५ हजार, स्थानीय युवा क्लबलाई खेलकुद प्रतियोगिता गर्न २ लाख खर्च गरेको समितिले जनाएका छ । बाँकी २५ लाख रुपैयाँ बैंकमा मौज्दात रहेको छ । 

प्रकाशित : भाद्र २८, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?