१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पशु वधशाला बन्द

खेस्टेखोला (धादिङ) — विद्युत्को समस्या र खसीको अभावका कारण यहाँ सञ्चालित ११ करोड लगानीमा खोलिएको बधशाला बन्द भएको छ । राजधानीका उपभोक्तालाई स्वस्थकर र सुरक्षित मासु निर्यात गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको ‘अल्पाइन मासु उद्योग’ बन्द भएको हो ।

पृथ्वी राजमार्गसँग जोडिएको थाँक्रेस्थित उक्त आधुनिक पशु बधशाला सञ्चालनमा ल्याएको ५ महिना नपुग्दै बन्द गर्नुपरेको सञ्चालक माधव अर्यालले बताए । सरकारले पशु बधशाला र मासु जाँच ऐन २०५५, नियामावली २०५७ र निर्देशिका २०६४ लाई पूर्ण रूपमा कार्यान्वयन नगरेको, विद्युत् भार कटौती बढेको, उद्योगको मापदण्ड तथा क्षमताअनुसार खसी किसानको खोर र स्थानीय बजारमा समेत नपाएको, खसी तथा मासुको मूल्य सरकारले नतोकेका कारण उद्योग सञ्चालनमा कठिनाइ भएपछि बन्द गरेको उनले जनाए । अर्यालका अनुसार बधशाला १७ रोपनी जग्गामा ११ करोड लगानी गरी सञ्चालनमा ल्याइएको थियो ।

अत्याधुनिक उपकरणहरू जडान गरिएको उक्त बधशालालाई जिउँदा ३० किलोग्राम माथिका स्वस्थ खसीबोका प्रति ८ घण्टा ३ सयवटा आवश्यक थियो । मासु ढुवानी गर्न रेफ्रिजेटर जडित एउटा भ्यानसमेत खरिद गरिएको थियो । ‘विद्युत् र खसी अभावमा केही समय सातामा २ दिन ८/८ घण्टा मात्र सञ्चालन गर्‍यौं,’ अर्यालले भने, ‘पछिल्लो समय कामदार पाल्नसमेत कठिन भएपछि उद्योग पूर्ण रूपमा बन्द गरेका हौं ।’

प्रकाशित : भाद्र २८, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?