नयाँ नोट साट्न बिहानैदेखि लाइन

कान्तिपुर संवाददाता

काठमाडौं — आउँदो दसैं र तिहारका लागि नेपाल राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सेवा सुरु गरेको छ । राष्ट्र बैंकले यसपटक प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिएको छ । गत वर्ष प्रतिव्यक्ति ३७ हजारका दरले नयाँ नोट वितरण गरेको थियो । बुधबारदेखि नयाँ नोट साट्न थापाथलीमा बिहानैदेखि सर्वसाधारणको लाइन लागेको थियो ।

आउँदो दसैं र तिहारका लागि नेपाल राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सेवा सुरु गरेको छ । राष्ट्र बैंकले यसपटक प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिएको छ । गत वर्ष प्रतिव्यक्ति ३७ हजारका दरले नयाँ नोट वितरण गरेको थियो ।

बुधबारदेखि नयाँ नोट साट्न थापाथलीमा बिहानैदेखि सर्वसाधारणको लाइन लागेको थियो ।

सर्वसाधारणलाई नोट सटही सुविधा सहजै उपलब्ध गराउन नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका केही शाखाहरूबाट पनि नोट सटही सुविधा दिने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए ।

‘ती बैंकहरूले ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सफा–सुकिलो नोट प्रतिव्यक्ति अधिकतम २० हजार रुपैयाँका दरले वितरण गर्ने छन्,’ उनले भने, ‘थापाथलीस्थित राष्ट्र बैंकका काउन्टरहरूबाट भने प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले नोट सटही सुविधा दिइनेछ ।’ यसकारण आफूलाई पायक पर्ने नजिकको सरकारी बैंकका शाखा तथा राष्ट्र बैंकका शाखाबाट ५, १०, २०, ५० र १०० दरका नयाँ सफा–सुकिला नोटहरू सटही गर्न उनले सर्वसाधारणलाई आग्रह गरेका थिए ।



राष्ट्र बैंकको थापाथली परिसरस्थित क्षतिग्रस्त सिंह महल भत्काउने कार्य भइरहेकाले त्यहाँ नोट सटही गर्न पर्याप्त स्थान छैन । यसकारण यो वर्ष सरकारी स्वामित्वका कृषि विकास, राष्ट्रिय वाणिज्य र नेपाल बैंकलाई पनि बढी सक्रिय बनाइएको हो ।

राष्ट्र बैंकका अनुसार २८ गतेदेखि सर्वसाधारणले नेपाल बैंकका काठमाडौं बैंकिङ कार्यालय न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुरबाट नयाँ नोट साटन पाउनेछन् ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार र नक्सालबाट नोट साट्न सक्नेछन् । गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारस्थित कृषि विकास बैंकका शाखाबाट पनि सर्वसाधारणले नयाँ नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

सटही सुविधालाई सहज बनाउन प्रत्येक दरका नोटको खुद्रा संख्या १ सयको प्याकेटका आधारमा मात्र सटही गरिनेछ । यसकारण सोहीबमोजिम नोट माग गरी सटही कार्यलाई सहयोग पुर्‍याउन सर्वसाधारणलाई राष्ट्र बैंकले आग्रह गरेको छ ।

संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेनालगायत संघसंस्थाहरूलाई भने यही भदौ २१ देखि ३० प्रतिशतसम्म नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौं उपत्यका बाहिरका नागरिकले भने राष्ट्र बैंकका क्षेत्रीय कार्यालय र नोट कोष सुविधा लिएका वाणिज्य बैंकबाट नयाँ नोट साट्न सक्नेछन् । उपत्यका बाहिर पनि भदौ २८ गतेदेखि सर्वसाधारणलाई नयाँ सफा–सुकिला नोट सटहीको सुविधा उपलब्ध गराइने राष्ट्र बैंक जनाएको छ ।

तस्बिरहरुः इलिट जोशी

प्रकाशित : भाद्र २८, २०७४ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस नुवाकोट सभापति केसीमाथि अन्तर्घातको आरोप, कारबाही गर्न माग

त्रिशूली (नुवाकोट) — बेलकोटगढी नगरपालिकाका नेपाली कांग्रेसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले स्थानीय तहको वैशाख ३१ गतेको निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाई जिल्ला सभापतिसहितलाई कारबाहीको माग गर्दै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन् ।

बेलकोटगढीमा प्रमुखमा पराजित यादव नेपाल, उपप्रमुखका प्रत्याशी हिरा तिवारी शर्मासहितले जिल्ला सभापति तथा सांसद जगदीश्वरनरसिंह केसीलगायतले अन्तर्घात गरेको जनाउँदै कारबाही गर्न केन्द्रीय कार्यालयमा सूची बुझाएका हुन् । केसीसहित जिल्ला सदस्य हीरा पाण्डे लामा, क्षेत्रीय सदस्य कृष्णप्रसाद पाण्डे, साबिक बेलकोट गाविसका पार्टी सभापति वैकुण्ठ पाण्डे र साबिक जिलिङ गाविसका पार्टी सभापति गोकुलप्रसाद दाहालले अन्तर्घात गरेको आरोप लगाइएको छ ।
 
यस्तै पूर्वजिल्ला सभापति तथा विदुर नगरपालिकाका प्रमुखका पराजित उम्मेदवार ध्रुव अधिकारीको नेतृत्वमा गएको अर्को टोलीले पनि केन्द्रीय कार्यालयमा अन्तर्घात गर्नेको सूची बुझाई कारबाहीका लागि माग गरेको छ । सूचीमा जिल्ला सदस्य विन्दा अर्याल, नेता वासु सापकोटा, तारकेश्वर गाउँपालिकाका पार्टी संयोजक होमबहादुर तामाङ, पूर्वमहासमिति सदस्य मोहनबहादुर खड्कालगायत १९ नेता तथा कार्यकर्ताका नाम छ ।

जिल्ला तहकाले कारबाहीका लागि कुनै सिफारिस र सोधपुछसमेत नगरेपछि केन्द्रमा पुग्नुपरेको तारकेश्वरबाट कांग्रेसका पराजित उम्मेदवार चोकराज शाक्यले बताए । 

पूर्वसभापति अधिकारीले निर्वाचनमा अन्तरघात गर्नेहरु कारबाहीको दायरामा आउँछन् भन्ने अनूभूति नभए कार्यकर्तामा निराशा बढ्ने बताए । कारबाही गराउन माग गर्दै निर्वाचनका पराजित उम्मेदवारसहित ७७ जनाले हस्ताक्षर गरेका छन् । रासस 

प्रकाशित : भाद्र २८, २०७४ ११:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्