सिटिजन्सको शाखा विस्तार

कान्तिपुर संवाददाता

काठमाडौं — सिटिजन्स बैंक इन्टरनेसनलले मकवानपुरको मनहरीमा शाखा विस्तार गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त शाखाको शुभारम्भ गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : भाद्र २८, २०७४ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्

माछापुच्छ्रेको महोत्सव

कान्तिपुर संवाददाता

काठमाडौं — माछापुच्छ्रे बैंकले १८औं वर्षमा प्रवेश गरेको अवसरमा घोषणा गरेको दुईमहिने महोत्सवमा विभिन्न छुट योजना सञ्चालन गरिरहेको छ । ती योजनाहरूमा ग्राहकलाई नि:शुल्क डेबिट कार्ड तथा कर्जा सेवा शुल्क, वार्षिक लकर शुल्क, माछापुच्छ्रे मोबाइल मनी जारी शुल्क र माछापुच्छ्रे क्रेडिट कार्डमा छुटलगायत रहेको जारी विज्ञप्तिमा छ ।

प्रकाशित : भाद्र २८, २०७४ १३:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्