विद्युतीय कार्डबाट हवाई टिकट किन्न पाइने

काठमाडौं — बुद्ध एयरको टिकट खरिद गर्न नेपालीले पनि भिसा र मास्टरकार्ड प्रयोग गर्न सक्ने भएका छन् । बुद्धका १२ आन्तरिक र २ अन्तर्राष्ट्रिय रुटको टिकट डेबिट कार्ड प्रयोग गरी बेबसाइटबाटै किन्न सकिने भएको हो ।

 विद्युतीय कार्डबाट हवाई टिकट किन्न पाइने

हिमालयन बैंकले सञ्चालन गरेको ई–कमर्स पेमेन्ट गेट–वेको मद्दतले बुद्ध एयरको टिकट खरिद गर्न पाइनेछ । ‘झञ्झटबिनै घर, कार्यालय वा जतासुकैबाट हाम्रो वेबसाइटबाटै टिकट खरिद गर्न सकिनेछ,’ मार्केटिङ निर्देशक रूपेश जोशीले भने । यसअघि यो सुविधा विदेशी यात्रुलाई मात्रै थियो भने ई–सेवामार्फत मात्रै टिकट खरिद गर्न सकिन्थ्यो ।

भिसा तथा मास्टरकार्डको मद्दतले नेपालीसहित भारतीय, शरणार्थी तथा लामो समयसम्म नेपालमै बस्ने यात्रुले पनि नेपाली रुपैयाँमै टिकट खरिद गर्न सक्नेछन् । अन्य मुलुककाले भने डलरमा खरिद गर्नुपर्ने हुन्छ ।

हाल बुद्धले आन्तरिकबाहेक भारतको वाराणसी नियमित र भुटानको पारो चार्टर उडान गर्दै आएको छ ।

प्रकाशित : भाद्र २९, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?