१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शिवशक्ति उद्योगमा छापा

बारा — आपूर्ति व्यवस्था विभागले जितपुर सिमरास्थित शिवशक्ति खाद्यान्न उद्योगमा मंगलबार छापा मारी उत्पादित खाद्यान्न बिक्री गर्न रोक लगाएको छ । नजिकिँदो चाडपर्वकको बेला गुणस्तरहीन खाद्यान्न उत्पादन गरेको गुनासो आएपछि छापा मारी उद्योगमा सिल लगाइएको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए ।

 शिवशक्ति उद्योगमा छापा

बजार अनुगमन गर्दा यस उद्योगबाट उत्पादित फेमिली तोरीको तेल खान योग्य नभएको फेला परेसँगै विभागको टोलीले छापा मारेको हो । उद्योग प्रशासनले उत्पादित वस्तुको अनुगमन गर्न जाँदा आनाकानी गरेको थियो । त्यसपछि विभागको टोलीले बिक्री वितरणमा समेत रोक लगाएको हो । तोरीको तेलको गुणस्तर जाँच गर्दा मानव स्वास्थ्यलाई नोक्सानी गर्ने फेरोसाइडजस्ता अखाद्य वस्तुको मात्रा बढी भेटिएको टोलीका एक अधिकारीले बताए । ‘उद्योगमा उत्पादित तेल गुणस्तरहीन, उत्पादन प्रक्रिया गलत, जताततै फोहोरसमेत देखिएको छ ।’ टोलीका एक अधिकारीले भने । टोलीमा विभागका शाखा अधिकृत मोहन पुडासैनी, नायब सुब्बा दिलीप पौडेल आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधि र स्थानीय प्रहरी प्रशासनसमेत सहभागी थिए ।

प्रकाशित : भाद्र २९, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?