मेड इन पाकिस्तान एक्सपो सुरु

काठमाडौं — मेड इन पाकिस्तान एक्सपो राजधानीमा सुरु भएको छ । पाकिस्तानी उत्पादनहरूको प्रदर्शनी रहने एक्सपो राजधानीको युनाइटेड वल्र्ड सेन्टरमा आयोजना भएको छ ।

 मेड इन पाकिस्तान एक्सपो सुरु

एक्सपोको उद्घाटन वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त प्रदर्शनी पकिस्तानका विभिन्न व्यवसायीहरूका उत्पादन रहने छन् । यसको आयोजना रावलपिन्डी चेम्बर अफ कमर्सले गरेको विज्ञप्तिमा छ । प्रदर्शनीमा फर्निचर, छालाका उत्पादन, हस्तकलाका उत्पादन र गरगहना राखिएका छन् । विज्ञप्तिअनुसार पाकिस्तानका ५० व्यवसायीको सहभागिता छ ।
प्रदर्शनीले पाकिस्तानका उत्पादनको नेपालमा प्रवद्र्धन गर्न सहयोग पुग्ने नेपालस्थित पाकिस्तानी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रदर्शनी असोज ३ गतेसम्म चल्नेछ ।

प्रकाशित : भाद्र २९, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?