१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

महिला सहकारीद्वारा तीन हजार खसीबोका किनबेच

ठाकुरसिंह थारू

बाँके — राप्ती सोनारी गाउँपालिका महिलाको सहकारी संघले दसैंका लागि तीन हजार खसीबोका संकलन गरी बिक्री सुरु गरेको छ । काठमाडौं र पोखराका व्यवसायीले संघको खसीबोका खरिद गरेका हुन् ।

 महिला सहकारीद्वारा तीन हजार खसीबोका किनबेच

संघले एक हजार खसीबोका बिक्री भइसकेको जनाएको छ । थप पठाउने क्रम जारी छ । तीन हजार खसीबोकाको खरिद बिक्रीले साढे तीन करोडको कारोबार हुने संघले जनाएको छ । जिउदै प्रतिकिलो ३ सय २० देखि ६२ रुपैयाँमा गाउँमा रहेका महिला समूहहरूले खसीबोका खरिद गरी ४ सय ५० देखि ८० रुपैयाँसम्म बिक्री गरिरहेको जिल्ला सहकारी संघका अध्यक्ष गंगाचन्द ठकुरीले बताइन् । उनले महिलाहरू संलग्न रहेका १५ सहकारीमार्फत गाउँका खसीबोका खरिद गरिरहेको बताइन् । ‘गाउँमै खसीबोका खरिद गरिदिएपछि बाख्रापालन गर्ने किसानलाई निकै सहज भएको छ । बिक्री गर्नका लागि उनीहरूलाई बजार जानुपरेको छैन,’ उनले भनिन्, ‘गाउँगाउँबाट संकलन गरिएका खसीबोका काठमाडौं र पोखरा पठाइरहेका छौं ।’
संघले बाँकेको ढकेरीमा खसीबोका संकलन र बिक्री केन्द्र राखेको छ । संघमा करिब ९ हजार महिलाहरू सदस्य छन् । १५ वटा सहकारी संस्था पनि आबद्व छन् । एक/दुई वटा खसीबोका पाल्ने सदस्यहरूले पनि त्यही बिक्री गरिरहेका छन् ।

प्रकाशित : आश्विन ९, २०७४ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?