१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

एनआईसीको नयाँ घरकर्जा योजना

काठमाडौं — एनआईसी एसिया बैंकले दसैं, तिहार तथा छठको अवसर पारेर नयाँ घर कर्जा योजना ल्याएको छ । बैंकले ‘एनआईसी एसिया बैंकको दसैं–तिहार उपहार, घर कर्जामा छुटैछुटको बहार’ नामक योजना ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ ।

एनआईसीको नयाँ घरकर्जा योजना

यस योजनाअन्तर्गत सहज रूपमा ०.९ प्रतिशत प्रतिमहिनाको ब्याजदरमा घरकर्जा उपलब्ध गराइने तथा ग्राहकहरूले सम्पूर्ण कागजातहरू पेस गरेको ३ कार्य दिनभित्रै घरकर्जासम्बन्धी निर्णय भइसक्ने व्यवस्था गरेको जनाइएको छ ।

कर्जा लिँदा ब्याजदरबाहेक प्रोसेसिङ, अग्रिम भुक्तानी, धितो मूल्यांकन, बिमा वा कर्जा सूचनालगायतका कुनै पनि दस्तुर/शुल्क नलाग्ने विज्ञप्तिमा उल्लेख छ ।

साथै, नयाँ घर निर्माण गर्न, घर वा जग्गा खरिद गर्न वा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा सार्नसमेत उक्त कर्जा उपलब्ध हुने जनाइएको छ । यो कर्जाको अवधि २५ वर्षसम्म छ । २ वर्षसम्म ब्याजदरमा समेत परिवर्तन नहुने बैंकको दाबी छ ।

प्रकाशित : आश्विन ९, २०७४ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?