कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विजय माल्या दोस्रोपटक पक्राउ

लन्डन — रक्सीको कारोबार गर्ने भारतीय व्यापारी विजय माल्या मंगलबार दोस्रो पटक बेलायतमा मनी लाउन्डरिङ मुद्दामा पक्राउ परेका छन् । तर, पक्राउ परेको केही समयमै उनी जमानतमा रिहा भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

लन्डनस्थित वेस्टमिनिस्टर मजिस्ट्रेट कोर्टमा मंगलबार दिउँसो उपस्थित भएलगतै उनले जमानत पाएका थिए । 

माल्याले विभिन्न बैंकको नौ हजार करोड भारतीय रुपैयाँ ऋण चुक्ता नगरेको मुद्दामा भारतमा ‘वान्टेट’ सूचीमा राखिएको छ । यसै वर्षको अप्रिलमा समेत उनी पक्राउ परेलगतै जमानतमा रिहा भएका थिए । आगामी डिसेम्बरमा माल्याको सुपुर्दगी भारतमा हुन सक्ने अपेक्षा गरिएको छ । सीबीआई र इडीले डिसेम्बर ४ मा सुनुवाइका क्रममा माल्या भारत आउन सक्ने जनाएको छ । तर बेलायतबाट भारतमा उनको सुपुर्दगी सोचेजस्तो सजिलो नभएको ‘इकोनोमिक टाइम्स’ ले जनाएको छ । 

‘फ्याक्टली इन’ द्वारा सार्वजनिक गरिएको रिपोर्टअनुसार भारतमा सुपुर्दगी दर विगत १५ वर्षमा ३६ प्रतिशत मात्रै रहेको छ । 

प्रकाशित : आश्विन १८, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?