विराटनगरबाट आयात निर्यात भोलीदेखि सुचारु हुने

देवनारायण साह

मोरङ — विराटनगर भन्सारबाट जोगबनी नाका हुँदै भारतलगायत तेस्रो मुलुकमा ४९ दिनपछि भोलि आइतबारबाट आयात निर्यात सुरु हुने भएको छ ।

विराटनगरबाट आयात निर्यात भोलीदेखि सुचारु हुने

साउन २८ गते आएको बाढीले जोगबनीको मिरगंजघाटस्थित पूलमा क्षति पुर्‍याएपछि मालबाहक सवारी साधन नचल्दा र रेलको पट्री बगाउँदा आयातनिर्यात भदौ ४ गते साँझदेखि पूर्ण रुपमा ठप्प भएको थियो ।

भारतीय राष्ट्रिय राजमार्गका इञ्जिनियर राजु रञ्जनले पुल मर्मतको काम शुक्रवार साँझ सकिएपछि ठूला मालबाहक सवारी साधन चलाएर ट्रायल गरेपछि शनिवार बाँकी रहेको सानोतिनो मर्मतको काम सकिएर आइतवारबाट पूल सुचारु गर्ने बताए । 
धेरै पूरानो पुलमा क्षमताभन्दा धेरै सामान बोकेको सवारी गुड्दा पुल जीर्ण भएको उनले बताए । 

१० टन भार बहन क्षमता रहेको पूलमा ८० टन बोकेको मालबाहक गाडी चलाउँदा क्षति हुनु स्वभाविक भएकोले अर्को बन्दै गरेको नयाँ पूलको निर्माण काम नहुञ्जेल यसैलाई मर्मत गर्दै काम चलाउनुको विकल्प नभएको उनको भनाई थियो ।

उक्त पुलमा क्षति भएपछि विराटनगरलगायत पूर्वका उद्योगी व्यापारीहरुले भारतको बीरपुर हुँदै भिमनगरबाट रि–रुट गरेर आयातनिर्यात सुचारु गराएका थिए । त्यो रुटबाट आयात निर्यात दुरी झण्डै एक सय किलोमिटर बढी हुँदा भाडा खर्च दोब्बर व्यहोरिन उद्योगी व्यापारी बाध्य भएका छन् । 

उद्योग संगठन मोरङका बरिष्ठ उपाध्यक्ष भीम घिमिरेले रेल र सवारी साधन दुवै सेवा अवरुद्ध भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरको ५ सय बढी उद्योग प्रभावित भएको बताए ।

प्रकाशित : आश्विन २०, २०७४ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?