७ लाखका माछा चोरी

कान्तिपुर संवाददाता

काठमाडौं — प्रहरीले गागलफेदीस्थित ‘बस्नेत एण्ड सन्स’ प्रालिको करिब ७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको मुर्गी माछा चोरी भएको जनाएको छ । महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक प्रकाश बुढाथोकीका अनुसार मंगलबार राति माछा चोरी भएको हो ।

प्रालिले लामो समयदेखि अर्गानिक तरकारी खेती, बाख्रापालन र गाईपालन गर्दै आएको छ । प्रालिका सञ्चालक जनार्दन खड्काले यसअघि कुखुरासमेत चोरी भएको भन्दै योजनाबद्ध रूपमा गिरोह नै सक्रिय भएको बताए । ‘व्यावसायिक रूपमा खसी, बाख्रा, गाईपालन गर्दै आएका छौं,’ उनले भने, ‘यस पटकदेखि माछापालन गर्न थालेका हौं । करिब २२ हजार माछा चोरी भएको छ ।’ निरीक्षक बुढाथोकीले चोरको खोजी कार्य भइरहेको बताए ।

प्रकाशित : आश्विन २७, २०७४ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?