कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंक तथा वित्तीय संस्थाले बढाए नेप्से

कान्तिपुर संवाददाता

काठमाडौं — तिहार बिदापछिको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक ३.५७ अंकले बढयो । बैंक तथा वित्तीय संस्था आबद्ध सबै समूहहरूसँगै जलविद्युत् र ‘अन्य’ समूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो ।

यसअघि निरन्तर रूपमा ओरालो लागेको नेप्से तिहार बिदाअघिका दुई कारोबार दिनमा बढेको थियो । आइतबारको कारोबारमा परिसूचक करिब साढे ३ अंक बढेर १ हजार ५ सय ७१.९२ विन्दुमा पुगेको छ । तिहारअघि नेप्से परिसूचक १ हजार ५ सय ६८.३५ विन्दुमा बन्द भएको थियो । 

उक्त दिन करिब ३ हजार ४ सय कारोबारबाट १ सय ४६ कम्पनीका ८ लाख ७२ हजार ३ सय ३० कित्ता सेयर खरीदबिक्री भए । ती खरिदबिक्रीबाट ३६ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । योसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) बढेर १८ खर्ब २४ अर्ब रुपैयाँ कायम भएको छ । उक्त दिन ८ समूहअन्तर्गतका कम्पनीहरूको सेयर कारोबार भएकामा ५ समूहको परिसूचक बढयो । बाँकी ३ समूहको परिसूचक घटयो । व्यापार (ट्रेडिङ) समूहको परिसूचक ०.०७, होटलको १.९२ र बिमा समूहको ०.१३ प्रतिशतले घटे । यस्तै ‘अन्य’ समूहको १.३२, वित्त कम्पनीको ०.७४, विकास बैंकको ०.१३, जलविद्युतको ०.७२ र बैंकिङको ०.२२ प्रतिशतले बढयो । 

आइतबार ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ०.२७ प्रतिशतले बढयो । यसैगरी कारोबारमा रहेका कम्पनीको कारोबार मापक फ्लोट परिसूचक ०.२९ प्रतिशतले सकारात्मक रहयो । 

प्रकाशित : कार्तिक ६, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?