कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एउटै पसलेले बेचे ५० क्विन्टल लड्डु

सन्तोष सिंह

धनुषा — यस वर्षको तिहारमा जनकपुरमा एक करोड रुपैयाँभन्दा बढीको मिठाई बिक्री भएको छ । एउटै पसलेले ५० क्वीन्टलसम्म लड्डु बेचेका छन् । लक्ष्मी पूजाका दिन घर, पसल, कलकारखाना सबैतिर पूजामा चढाउन मिठाई चाहिने भएकाले कारोबार बढेको हो ।

एउटै पसलेले बेचे ५० क्विन्टल लड्डु

लक्ष्मी पुजाको दिन सबैभन्दा बढी लड्डुको बिक्री हुने गरेको छ । जनकपुरको हंसराज मिठाई पसलले लक्ष्मीपूजाको अवसरमा ५० क्विन्टल लड्डु बिक्री गरेको जनाएको छ । दीपावलीलाई भनी तयार गरिएको ५० क्विन्टल लड्डु दिउँसो नै सकिएको सञ्चालक हंसराज साहले बताए । त्यसदिन हंसराजले २० लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो । अघिल्लो वर्षभन्दा परिणाम बढाए पनि ग्राहकको माग पूरा गर्न गाह्रो परेको साहले बताए । जनकपुरको होटलहरूमा दीपावलीमा सबैभन्दा बढी लड्डु बिक्री हुन्छ ।

जनकपुरकै होटल रघुपति मिष्ठान्नले यो तिहारमा २० क्विन्टल प्रसाद बिक्री गरेको सञ्चालक सन्तोष साहले बताए । ‘लक्ष्मीपूजाका लागि तयार गरीएको २० क्विन्टल लड्डु दिउँसो १ बजे नै सकियो,’ सञ्चालक साहले भने । यी दुई मिठाई पसलबाट मात्र करिब ५० लाख रुपैयाँ बराबरको लड्डु र मिठाई बिक्री भएको साहले बताए ।

लक्ष्मीपूजाको अवसरमा घर, पसल, कलखरखाना सबैलाई लड्डु चाहिने भएकाले जनकपुरमा रहेका सानाठूला गरी २ सय मिठाई पसले ५ सय क्विन्टलभन्दा बढी मिष्ठान्न बेच्ने गरेका छन् । साना पसलले न्यूनतम ३/४ क्विन्टल लड्डु र मिठाई बेचेका छन् । जनकपुरको जानकी मन्दिर आसपासको बजारमा प्रसाद खरिद गर्न भीड लागेको थियो ।

प्रकाशित : कार्तिक ६, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?