कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्थिक समृद्धि उपसमितिमा चौधरी

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाली कांग्रेसले आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिको संयोजकमा विनोद चौधरीलाई नियुक्त गरिएको छ । फोर्ब्स पत्रिकाको अर्बपति सूचीमा रहेका चौधरी केही अघि मात्रै कांग्रेस प्रवेश गरेका हुन् । उनी कांग्रेसको समानुपातिक सांसदको सूचीमा समेत परेका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक बालकृष्ण खाँडले आसन्न निर्वाचनका सन्दर्भमा उनलाई उक्त उपसमितिको संयोजक तोकेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : कार्तिक २५, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?