कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘८० प्रतिशत औषधि मुलुकमै’

कान्तिपुर संवाददाता

काठमाडौं — सरकारले औषधि उत्पादनप्रति सकारात्मक नीति अख्तियार गरे ८० प्रतिशत औषधि मुलुकमै उत्पादन गर्न सकिने नेपाली उत्पादकहरूले बताएका छन् । नेपाल औषधि उत्पादक संघको २३ औं वार्षिक साधारण सभामा शनिबार उनीहरूले बताएका थिए ।

सरकारले औषधि उत्पादनप्रति सकारात्मक नीति अख्तियार गरे ८० प्रतिशत औषधि मुलुकमै उत्पादन गर्न सकिने नेपाली उत्पादकहरूले बताएका छन् ।

नेपाल औषधि उत्पादक संघको २३ औं वार्षिक साधारण सभामा शनिबार उनीहरूले बताएका थिए । हाल कुल खपतको करिब ४५ प्रतिशत औषधि मुलुकभित्रै उत्पादन हुने गरेको छ । मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउने कुरा करिब अढाइ दशकदेखि स्वास्थ्य नीतिमा उल्लेख रहेको भए पनि यसलाई व्यवहारमा परिणत गर्न राज्यको निकायले कुनै सकारात्मक पहल नगरेको गुनासो समेत औषधि उत्पादकहरूले गरेका छन् ।

मुलुकमा औषधिको बजार करिब २० अर्ब रुपैयाँ रहेको जनाउँदै संघका नवनिर्वाचित अध्यक्ष दीपक दाहालले आगामी तीन वर्षभित्र औषधिको बजार एक सय अर्बको हुने दाबी गरे ।

प्रकाशित : कार्तिक २६, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?