२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कतारको दोहामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडर दोहा बैंकबीच रेमिट्यान्स सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौं — सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कतारको दोहा बैंकबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ । कतारको राजधानी दोहामा आयोजित एक कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र दोहा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

कतारको दोहामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडर दोहा बैंकबीच रेमिट्यान्स सम्झौता

यस सम्झौता बमोजिम अब कतार, दुबई, कुवेत, भारत, जापान, सिंगापुर, दक्षिण अफ्रीका, दक्षिण कोरिया, अस्ट्रेलिया,टर्की,बेलायत,क्यानाडा,बंगलादेश, लगायतका राष्ट्रहरुबाट दोहा बैंकको रेमिट्यान्स प्रणाली ( डी फास्ट) मार्फत नेपालमा पठाएको रेमिट्यान्स रकम सरल र सहज रूपमा बैंकको नेपाल भर रहेको ६६ वटा शाखाहरु र ४ हजारभन्दा बढी सहायक प्रतिनिधिहरु रहेको सञ्जालबाट सरल र सहज रूपमा भुक्तानी पाउन सकिने छ ।

कार्यक्रममा कतारका लागी नेपालका राजदूत रमेश कोइरालाले यो सम्झौता हुण्डी कारोबारलाई निरुतसाहित गर्न कोसेढुंगाको रूपमा साबित हुने बताए । कार्यक्रममा बोल्दै दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले यो सम्झौता गर्न पाएकोमा खुशी व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले यो सम्झौता कार्यान्वयनपछि नेपालको रेमिट्यान्स व्यवसायलाई अझ व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : कार्तिक २७, २०७४ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?