१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दक्षिण एसिया आर्थिक सम्मेलन आजदेखि

कान्तिपुर संवाददाता

काठमाडौं — दसौं दक्षिण एसिया आर्थिक सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु हुँदै छ । तीन दिनसम्म चल्ने सम्मेलनमा दक्षिण एसियामा समावेशी तथा दिगो विकासका लागि आर्थिक एकीकरणलाई बलियो तुल्याउने विषयमा छलफल हुने जनाइएको छ ।

राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय तथा सावती (साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड इन्भाइरोनोमेन्ट) को संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा अन्तरक्षेत्रीय व्यापार सम्भाव्यताको खोजी, दिगो विकासका लक्ष्य एवं समावेशी विकास, दक्षिण एसियामा विद्युतीय व्यापार तत्परताको आकलन, अन्तर क्षेत्रीय लगानी सम्भाव्यताको खोजी, व्यापार सहजीकरण, पारवहनलगायत विविध विषयमा छलफल हुनेछ ।

 

प्रकाशित : कार्तिक २८, २०७४ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?