१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रेनोको एसयूभी क्याप्चर

कान्तिपुर संवाददाता

नयाँदिल्ली — रेनोले नयाँ एसयूभी–रेनल्ट क्याप्चर कार सार्वजनिक गरेको छ । उक्त कारलाई भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । ‘यो अन्यको तुलनामा उत्कृष्ट कार बनेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यसमा ५० भन्दा बढी प्रिमियर फिचर छन् ।

रेनोको एसयूभी क्याप्चर

कम्पनीका अनुसार यसमा अल्ट्रा प्रिमियम सेतो र गोल्ड रङको इन्टेरियर र इर्गो डिजाइन लेदर सिट राखिएको छ । यो सात प्रकारको डयुल टोन (स्पेस धेरै भएको डिजाइन) र ५ प्रकारको मोनोटोन बडी कलर (रङ) मा उपलब्ध हुने जनाइएको छ । डिजेल वा पेट्रोल दुवैबाट चल्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । ‘तर, प्लाटिन भर्सन भने डिजेलमा मात्र उपलब्ध छ,’ विज्ञप्तिमा उल्लेख छ ।

फ्रान्सेली कम्पनी रेनोले सार्वजनिक गरेको क्याप्चर १५ सय सीसीको इन्जिन क्षमताको छ । लोकप्रिय बन्दै गएको कार ब्रान्ड भनी आफूलाई दाबी गरेको रेनोले क्याप्चरलाई पेट्रोलमा ५ र डिजेलमा ६ गियरको सुविधा दिएको छ । ‘यसको उत्कृष्ट डिजाइनका कारण रेनोको उत्कृष्ट कार भारत ल्याउने प्रतिबद्धता पूरा भएको छ,’ सार्वजनिक समारोहमा बोल्दै रेनो इन्डिया अपरेसन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक (एमडी) सुमित सावनीले भने ।

यसको डिजाइन मात्रै नभई भारतीय भूमिका लागि सुहाउँदो भएको कम्पनीले जनाएको छ । ‘यसको ग्राउन्ड क्लियरेन्स २१० मिलिमिटर छ । यसको भिजिबिलिटी उत्कृष्ट र सिट आरामदायी बनेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘रेनो क्याप्चरको डिजाइन यसको इन्नोभेटिभ लाइटिङ सिस्टम (आईएलएस) मा आधारित छ । जसमा नयाँ प्रविधि, ऊर्जा खपत कम गर्ने तर उत्कृष्ट लाइट दिने प्रविधिसमेत समावेश छ ।’ जसलाई सबैभन्दा प्रिमियम भर्सनको कार मानिएको छ । ‘जस्तै : प्रोजेक्टर हेडल्याम्पस, स्वचालित तापक्रम नियन्त्रण गर्ने प्रविधि, एकीकृत अडियो प्रणाली, स्टेरिङ ह्वील कन्ट्रोल, सेन्ट्रल लकिङ सिस्टम, दुई एयर ब्याग, एन्टिलिक ब्रेकिङ सिस्टम, ब्रेक असिस्ट आदिले उत्कृष्ट बनाएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘स्टाइलिस बनावटले यो तत्काल सबैको आँखामा पर्छ । यो कार रेनोको डिजाइनको विश्वव्यापी नयाँ परिभाषाअनुसार तयार पारिएको हो ।

प्रकाशित : कार्तिक २९, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?