१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

एकीकृत बस्ती बसाउनेलाई भोट

रसुवा — विस्थापित भूकम्पपीडितको सबै टहरामा पार्टीका झन्डा राखिएको छ । हाकु र डाँडागाउँबाट विस्थापित करिब ६ सय भूकम्पपीडितको थातथलोमा पहिरो नरोकिएपछि विस्थापित भएका उनीहरू उत्तरगया गाउँपालिकाको बोगटीटार र नौबिसेमा बस्दै आएका छन् ।

उनीहरू अर्काको जमिन भाडामा लिएर बसिरहेका छन् । उनीहरू ३० महिनादेखि यसरी अरूको जग्गामा बसिरहेका हुन् । एकीकृत बस्ती बनाएर राख्ने आश्वासन पटकपटक पाए पनि अहिलेसम्म त्यो पूरा हुन सकेको छैन । 

उत्तरगया गाउँपालिका ५ बोगटीटारको विस्थापित भूकम्प पीडितहरूको टहरामा पुग्दा प्रत्येक टहरामा सबै पार्टीको झन्डा गाडिएको देखिन्छ । टहरामा पार्टीको झन्डा गाडिए पनि भूकम्पपीडितहरूको समस्या नेताहरूले समाधन गर्छन् भन्ने विश्वास नलागेको पीडित बताउँछन् । लामो समय बितिसक्दा पनि पुन:स्थापनामा न नेताले चासो दिए न सरकारले पीडितहरूको गुनासो छ । ‘काम गर्नेभन्दा पनि धेरै आश्वासन बाँडेर होला नेताहरू प्रतिहाम्रो विश्वास गुम्दै गएको छ,’ छेकु लामाले भने । पीडितहरूको टहरामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले खासै प्रभाव पार्न सकेको छैन । 

‘जग्गाधनीले पटकपटक ठाउँ छाड्न ताकेता गरिरहेको र गाउँ फर्कन सक्ने अवस्था रहेको छैन, हाम्रो पिरमर्का कसले बुझ्ने,’ लामा गुनासो गर्छन् । ३० महिनादेखि उनीहरू यसरी अरूको जग्गामा बसिरहेका हुन् । ‘थातथलो भूकम्पले बस्नै नहुने अवस्थामा छ,’ उनले भने, ‘तीन वर्ष पुग्न लागिसक्यो भूकम्पपीडितहरूको समस्या जस्ताको तस्तै छ ।’

प्रकाशित : मंसिर ४, २०७४ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?