नेप्से साढे ६ अंकले घटयो

काठमाडौं — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार साढे ६ अंकले घटेर १ हजार ४ सय ६९.१६ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.४४ प्रतिशतले कम हो ।

आइतबार पनि नेप्से घटेको थियो । सोमबार पनि उक्त दिन बजार खुलेदेखि नै घट्न थालेको नेप्से दिनभर निकै उतारचढाव पूर्ण रहयो । कारोबारमा आएकामध्ये ‘अन्य’ समूहबाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।

करिब साढे ४ हजार कारोबारबाट १ सय ६१ कम्पनीका ११ लाख ५२ हजार ५ सय ४० कित्ता सेयर किनबेच भए । कारोबारमा आएकामध्ये ५२ कम्पनीको सेयर मूल्य बढयो, ९२ कम्पनीको सेयर मूल्य घटयो र १७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.४९ र कारोबारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक ०.५५ प्रतिशतले घटे । नेप्से घटेपछि कुल बजार पुँजीकरण पनि करिब ६ अर्ब रुपैयाँले साँघुरिएर १७ खर्ब ६ अर्ब रुपैयाँ कायम भएको छ ।

सोमबार व्यापार समूहको परिसूचक ५.३८ प्रतिशतले घटयो । यसैगरी होटलको १.०२, जलविद्युत्को ०.४४, लघुवित्तको ०.६१, वित्त कम्पनीको ०.५६, बंैकिङको ०.५५, बिमाको ०.३७ र विकास बैंकको ०.३ प्रतिशतले घटे । तर, ‘अन्य’ समूहको परिसूचक ०.३५ प्रतिशतले बढयो ।

प्रकाशित : मंसिर ५, २०७४ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?