टाटाको हेक्जा बिक्री सुरु

कान्तिपुर संवाददाता

काठमाडौं — टाटा मोटर्सले टाटा हेक्जा गाडी नेपाली बजारमा भित्र्याएको छ । विज्ञप्तिअनुसार यो गाडी २२०० सीसी भेरिकर डिजेल इन्जिन, १५६ पीएस/४०० एनएममा उपलब्ध छ ।

यस गाडीमा सुपर ड्राइभ मोडले चालकलाई अटो, कम्फर्ट, डाइनामिक र रफ रोडमध्ये जुनसुकै मोडमा परिवर्तन गरेर बाटो र मुडअनुसार गाडी चलाउन सक्ने विशेषता रहेको जनाइएको छ ।

यो गाडीमा प्रोजेक्टर हेड ल्याम्प, १९ इन्चको अलोए ह्वील, लिड टेल ल्याम्प, ६ एअर ब्याग्स, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिलहोल्ड कन्ट्रोल, अटोमेटिक हेड ल्याम्प्स र जेबीएल अडियो सिस्टम जडान गरिएको विज्ञप्तिमा छ ।

प्रकाशित : मंसिर ७, २०७४ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बजाजको ‘ग्रान्ड एक्सचेन्ज मेला’

कान्तिपुर संवाददाता

काठमाडौं — हंसराज हुलास चन्द एन्ड कम्पनीले पल्सर मोटरसाइकलको ‘ग्रान्ड एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ । ‘जिन्दगी बदलिन्छ बजाज एक्सचेन्ज’ नाराका साथ मेला राजधानीको भृकुटीमण्डपमा मंसिर ७ देखि ५ दिनसम्म चल्ने विज्ञप्तिमा उल्लेख छ । यस अवसरमा कुनै पनि ब्रान्डका मोटरसाइकल र स्कुटरमा बजाजका मोटरसाइकल साट्न सकिने जनाइएको छ ।

हंसराज हुलास चन्द एन्ड कम्पनीले पल्सर मोटरसाइकलको ‘ग्रान्ड एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ ।

‘जिन्दगी बदलिन्छ बजाज एक्सचेन्ज’ नाराका साथ मेला राजधानीको भृकुटीमण्डपमा मंसिर ७ देखि ५ दिनसम्म चल्ने विज्ञप्तिमा उल्लेख छ । यस अवसरमा कुनै पनि ब्रान्डका मोटरसाइकल र स्कुटरमा बजाजका मोटरसाइकल साट्न सकिने जनाइएको छ ।

प्रकाशित : मंसिर ७, २०७४ ०९:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT