कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दूधकोसी पुल सञ्चालनपछि जोडिए पूर्वी पहाड

कुम्भराज राई

जयरामघाट (ओखलढुंगा) — खोटाङ र ओखलढुंगा जोड्ने जयरामघाटस्थित दूधकोसी नदीको पक्की पुल शुक्रबार बिहानदेखि सञ्चालनमा आएको छ । ठेक्का लागेको आठ वर्षपछि निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख ईश्वर रिजालले पुलको अनौपचारिक उद्घाटन गरे ।

दूधकोसी पुल सञ्चालनपछि जोडिए पूर्वी पहाड

चुनावको मुखमा पुल सञ्चालन गर्नुपर्ने भएकोले अनौपचारिक रुपमा पुलको उद्घाटन गरिएको रिजालले बताए । उनले पुल सञ्चालनमा आएको जानकारी गराएपछि सवारी साधन आवतजावत गर्न दिइयो । पुल सञ्चालनमा आएसँगै खोटाङबासीले खुसी मनाएका छन् । ‘पुल नै खोटाङका लागि भौतिक विकासको मुख्य बाधा बनेको थियो’बुइपाका स्थानीय सर्वधन राईले भने, ‘ढिलै भए पनि सम्पन्न भएर सञ्चालनमा आएको छ । यसले सबै जिल्लावासीको खुसीको सीमा भनेर साध्य छैन ।’ 
मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने यो पुल सञ्चालनमा आएसँगै खोटाङसँगै भोजपुर पनि राजधानी काठमाडौंसँग सीधा यातायातमार्फत जोडिएका छन् । प्रसिद्ध तीर्थस्थल हलेसी जान पनि सहज भएको छ ।

कालिका हुलास जेभिले ठेक्का लिएको पुल निर्माण सम्पन्न हुँदासम्म ११ करोड खर्च लागेको हर्कपुर सडक डिभिजन कार्यालयले जनाएको छ । ‘बाँकी केही संरचनाहरुको काम छ’ डिभिजन प्रमुख रिजालले भने, ‘त्यो पनि छिट्टै सम्पन्न हुनेछन् । तर, आजदेखि सवारी साधन भने सञ्चालन गर्ने गरी पुल सञ्चालनमा ल्याइयो ।’

प्रकाशित : मंसिर ८, २०७४ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?