कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं — कारोबारको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढयो । अघिल्लो दिन सामान्य बढेको नेप्से मंगलबार १०.१२ अंकले बढेर १ हजार ५ सय २३.८६ विन्दुमा उक्लेको हो ।

नेप्सेमा दोहोरो अंकको वृद्धि

बजार खुलेको पहिलो प्रहरमा नेप्से सुधारका बाटोमा देखिए पनि एकैछिनमा घट्न थालेको थियो । त्यो घटाइ धेरै समय टिकेन र बजारले पुन: सुधारको बाटो पछयायो । यो क्रम अन्त्यसम्म जारी रहेपछि ‘इन्ट्रा डे’ मा समग्र नेप्से परिसूचक दोहोरो अंकले बढयो । कारोबारमा आएकामध्ये बिमा र उत्पादन तथा प्रशोधनबाहेक बाँकी समूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो ।
परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । करिब ५ हजार कारोबारबाट १ सय ६३ कम्पनीका १० लाख २७ हजार २ सय कित्ता सेयर किनबेच भए । ती कारोबारबाट ५८ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल बजार पुँजीकरण सामान्य बढेर १७ खर्ब ७० अर्ब रुपैयाँ कायम भएको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ०.७३ र कारोबार रहेको सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक ०.४७ प्रतिशतले सकारात्मक रहे । कारोबारमा आएकामध्ये ९० कम्पनीको सेयर मूल्य बढयो, ५२ कम्पनीको सेयर मूल्य घटयो, बाँकी २१ कम्पनीको सेयर मूल्य स्थिर छ । मंगलबार ‘अन्य’ समूहको परिसूचक सबैभन्दा बढी ४.०३ प्रतिशतले बढयो । यसैगरी बैंकिङ समूहको परिसूचक ०.४१, होटलको १.४६, विकास बैंकको ०.१६, जलविद्युत्को १.६१, वित्त कम्पनीको ०.१ र लघुवित्तको ०.७७ प्रतिशतले बढे । तर, बिमा समूहको परिसूचक ०.६३ र उत्पादन तथा प्रशोधन समूहको ०.६३ प्रतिशतले ऋणात्मक छ ।

प्रकाशित : मंसिर १३, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?